गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा आन्दोलन

 गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा आन्दोलन

प्यूठान : गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा गौमुखी गाउँपालिका–५ स्थित ठूलाबेसी बजारका स्थानीय आन्दोलनमा उत्रिएका छन् । गाउँसभाको बैठकले सोमबार ठूलाबेसीबाट केन्द्र परिवर्तन गरी वडा नम्बर ४ स्थित पूजा लिवासेमा सार्ने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।

लिवासेमा केन्द्र राख्ने गाउँसभाबाट बहुमत आएको छ । मतदान अनुसार गाउँपालिकाको हाल संचालन भएको कार्यालय ठूलाबेसी बजारमा २० र लिवासेका लागि १७ मत प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी गराए । उनका अनुसार ठूलाबेसी र लिवासे करिब डेढ किलोमिटर दुरीको अन्तरमा छन् । ‘बहुमतले जहाँ तोक्छ त्यही केन्द्र रहन्छ’,गिरीले भने,‘यसका विरुद्धमा उत्रिनु राम्रो होइन, ।’

विरोधमा उत्रिएका ठूलावेसीका स्थानीयले मंगलबार बिहानैदेखि यातायात, बजार र विद्यालय ठप्प पारेका छन् । गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । साविकका अर्खा, रजवारा, पुजा, खुङ, लिवाङ(१–६) र नारीकोट गाविस गौमुखी गाउँपालिकामा समावेश भएका छन् । केन्द्र तोक्न अध्ययनका लागि खटिएको प्राविधिक टोलीले समेत ठूलावेसीलाई उपयूक्त स्थान छनौट गरेको स्थानीयले जनाएका छन्

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्थानीय व्यवसायी जनक केसीले बताए । उनका अनुसार आक्रोशित स्थानीयले ठूलावेसी बजार नजिकै सडकमा रुख तेस्राएर सडक अवरुद्ध गरेका छन् । प्राविधिक टोलीले तोकेकै स्थानमा केन्द्र हुनुपर्ने स्थानीयको माग छ । ठूलावेसीमा बजार विस्तार भइसकेको छ । लिवासेमा हाल पूजा हेल्थोष्ट र प्रहरी चौकी मात्र संचालनमा रहेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.