एमालेसँग पार्टी एकता गरेमा माओवादी तीन टुक्रा हुन्छ : गजुरेल

एमालेसँग पार्टी एकता गरेमा माओवादी तीन टुक्रा हुन्छ : गजुरेल

सिरहा : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपा एमालेसँग प्रचण्डले पार्टी एकता गरेमा माओवादी तीन टुक्रामा विभाजन हुने खुलासा गरेका छन् । सिरहाको लहानमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसँग एकता गरेमा प्रचण्डसँग केही नेता मात्र जाने बताए । उनले बाँकी दुई टुक्रा अलग हुने दावी गरे । उनले प्रचण्डसँग एकतामा सहभागी नहुने नेताहरुलाई आफूले फकाउने प्रयास गरिरहेको बताए ।

नेता गजुरेलले जनयुद्धको सबै एजेण्डालाई लत्याएर एमालेसँग पार्टी एकता गर्न लागेकोमा प्रचण्डसँग आक्रोश पोखे । '१० बर्षे जनयुद्धको मुख्य एजेण्डा लोकतान्त्रिक गणतन्त्र होइन्, जनगणतन्त्र थियो’, उनले भने, ‘तर लोकतान्त्रिक गणतन्त्रलाई नै जनगणतन्त्र भनिदैछ । यो गलत हो । हामीले जनगणतन्त्र चाहेका छौं । माओवादी भनेकै प्रचण्ड हो भन्ने भ्रम फैलिएछ' उनले थपे ।

उनले संविधानकै आडमा सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । सरकारले आफै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नुका साथै गैरकानुनी ढंगबाट करोडौं रुपैया बाँडेर संस्थागत भ्रष्टाचार गरिरहेको उनकाे आरोप छ । उनले सरकारद्वारा विकासको नाममा विघटित सांसदलाई पैसा बाँड्ने कार्य गतल भएको बताए । उनले भने, 'यो संविधान देशलाई पश्चगमनतिर लगिरहेको छ । देशमा राजनीतिक विकृति चरम अवस्थामा पुगेको छ । नेताहरुकै गलत हर्कतले राजनीति बेश्यावृति बनेको छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.