विद्यार्थीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास, झडपमा केही घाइते
काठमाडौं : इन्धनको मूल्य वृद्धि र निर्वाचन आयोगका गतिविधिविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जुलुसमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
‘मुर्दा’सहित जुलुसमा निस्किएका विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरी हस्तक्षेपपछि भएको झडपमा केही विद्यार्थी घाइते भएका छन्। अनेरास्ववियुका नेता आरसी लामिछानेका अनुसार प्रहरी हस्तक्षेपछि त्रिचन्द्र कलेज क्षेत्रमा तनाव भएको छ।
नेपाल आयल निगमले सोमबार मात्र दुई महिनाको अवधिमा चौथोपक मूल्य वृद्धि गरेको थियो। अनेरास्ववियुलेले तत्काल मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। सँगै उसले निर्वाचन आयोगलाई समानुपातिकतर्फ प्रतिनिधिसभाको मतगणना समेत तत्काल सार्वजनिक गर्न माग गरेको छ।