माओवादीको बैठकमा के के भए निर्णय ?

माओवादीको बैठकमा के के भए निर्णय ?

काठमाडौ : एमालेसँगको एकताको सम्बन्धमा निर्णायक छलफल गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' निवास खुमलटारमा भएको बैठकले एकतामा पार्टीका नेता व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा 'बादल'को नेतृत्वमा एक कार्यदल बनाएको छ । कार्यदलमा टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर छन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गोरखामा नारायणकाजी श्रेष्ठ र पर्सामा उर्मिला अर्याल लगायतका नेतालाई अन्र्तघात गरी हराएको निश्कर्ष निकाल्दै अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् । बैठकले नयाँ सरकार गठनको लागि बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेको छ । राजनीतिक गतिरोध अन्त्य, नयाँ सरकार गठन र पार्टी एकताका विषयमा बैठकमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी गराएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.