प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले भेटवार्ता गरेका हुन् । प्रचण्डले देउवासँगको भेटमा राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न ध्यानाकर्षण गराएका छन्।
प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त आग्रह गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श भइरहेको बताएका छन् । माओवादी बैठक सकेर प्रचण्ड सिधै प्रधानमन्त्री निवास पुगेका हुन् ।