वाइसिएलको प्रस्ताव : अब मन्त्री र सांसद बढीमा २ पटक मात्र

  वाइसिएलको प्रस्ताव :   अब मन्त्री र सांसद बढीमा  २ पटक मात्र

काठमाडौं : वाइसिएलले एमालेसँग एकता जनयुद्ध, जनभावना र क्रान्तिकारी स्प्रिडका आधारमा गर्नु पर्ने निर्णय गरेको छ । पुष १६ र १७ गते भएको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले सो निर्णय गरेको हो।पार्टीले सबै नेता कार्यकर्तालाई समान अवसर प्रदान गर्नु पर्ने निर्णय वाइसिएलको गरेको छ । वाइसिएलले समान अवसर प्रदानका लागि पार्टीलाई खाका सहितको सुझाव दिएको छ।
बैठकमा समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व जम्मा १ पटक, मन्त्रिमण्डलमा प्रतिनिधित्व जम्मा २ पटक, प्रत्यक्ष संसदमा चुनाव लड्ने जम्मा २ पटक र तेस्रोपटक लड्न इच्छुक रहे १ पटक होल्डमा बस्ने गरी वा यस्तै कुनै बैज्ञानिक नीति र विधिको विकास गर्न पार्टी नेतृत्व समक्ष आग्रह गर्ने निर्णय भएको छ । पार्टीको प्रमुख नेताको हकमा भने यस्तो व्यवस्थामाथि विचार गर्न सकिने सुझाव वाइसिएलले दिएको छ ।

सम्पूर्ण संगठनको ध्यान मुलुकको सम्बृद्धि तथा स्वरोजगारमा केन्द्रीत गर्ने निर्णय गर्दै ६ महिनामा १ हजार युवालाई रोजगारी प्रदान गर्न विशेष पहल गर्ने निर्णय गरिएको वाइसिएल महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए । समानान्तर संगठन निर्माणमा सहभागी भएका केन्द्रीय सदस्यहरु दीपक पट्टेल, कमल न्यौपाने, रबि राम र अरुणकुमार यादवलाई ७ दिनभित्र आत्मआलोचना पत्र केन्द्रीय समितिमा बुझाउन र सुध्रिन चेतावनी दिने निर्णय भएको शेर्पालीले जानकारी दिए। । ७ दिनभित्र आत्मआलोचना पत्र नबुझाए स्वत निलम्बन भएको ठहरिने निर्णय भएको उनले बताए । संगठनका केन्द्रीय सदस्य इन्द्र कठायतलाई नेपाली कांग्रेससँग साँठगाँठ गरेका कारण साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको छ ।

वाइसिएल अध्यक्ष राम प्रसाद सापकोटा 'दीपशिखा'को अध्यक्षमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा समेत भएको छ । बैठकले स्थानिय तहमाबाट १/१ जनालाई संगठनको केन्द्रीय योजनामा क्षमता अभिबृद्धि तथा सिपमुलक तालिम दिने निर्णय गरेको छ । वाइसिएलले फागुन महिनाभित्र वडादेखि प्रदेशसम्मका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
संगठनका केन्द्रीय सचिव रंजित यादव, केन्द्रीय सदस्य अनिल पासवान, गणेश राउतलाई २ नं प्रदेशको क्रमश: इन्चार्ज, सहइन्चार्ज र संयोजक तोकेको छ ।

बैठकमा रोल्पाका शहिद परिवार मंगले दम्पत्तिको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकोमा संगठनले लत्ता कपडा र घरमा आवश्यक पर्ने सम्पूर्ण कपडा र भरणपोषणमा सहयोग गर्ने निर्णय समेत भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.