रुघाखोकीले तीन दिनमा चारको मृत्यु

रुघाखोकीले तीन दिनमा चारको मृत्यु

सिमकोट : हुम्लामा फैलिएको रुघाखोकीले ३ दिनयता चार जानको मृत्यु भएको छ भने सयौं बिरामी परेका छन्। रुघाखोकीले सोमबार मात्रै ताँजकोट गाउँपालिका ५ मदानाकी २७ वर्षीया रन्देवी परियार र ६० वर्षीया नन्दकली परियारको मृत्यु भएको स्थानीय देवी परियारले अन्नपूर्णलाई जानकारी दिए। पुस दोस्रो सातादेखि सुरु भएको रुघाखोकीले मदना गाउँमा मात्रै झन्डै सयको संख्यामा बिरामी परेका छन्।

सुरुमा ज्वरो आउने, टाउको दुख्ने खोकी लागेपछि विस्तारै घाँटी दुख्ने पखालासमेत चल्ने गरेपछि पाका उमेरका बिरामीलाई थप समस्या पारेको धन्जे परियारले बताए। उनले भने ‘रुघाखोकीले गाउँमा निकै समस्या पारेको छ। हरेक घरमा कोही न कोही बिरामी छन्। स्वास्थ्य संस्थामा गए पनि औषधि छैन।'

उता, जिल्लाको सर्केघार्ड गाउँपालिकाको रोडीकोटमा मात्रै तीन जनाको ज्यान गएको छ। गत आइतबार मात्रै ९१ वर्षीय भ्याले कार्की, ९२ वर्षीय खैरे शाहीको मृत्यु भएको थियो भने शनिबार ८८ वर्षीय गोरे जैशीको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले रोडिकोटमा मात्रै ४०÷५० जना रुघाखोकीले बिरामी परेको इलाका प्रशासन कार्यालय सर्केघार्ड र स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जानकारी दिए।

एक सातादेखि जिल्लाका रोडिकोट, राहदेउँलगायत गाउँमा रुघाखोकी फैलिएको जानकारी सञ्चारमाध्यमबाट मंगलबार मात्रै पाएको सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले जनाए।

औषधि नहुँदा समस्या

रुघाखोकीका बिरामीको संख्या बढे पनि स्थानीय स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामी थप मर्कामा परेका छन्। रुघाखोकीपछि ज्वरो आएर स्वास्थ्य चौकीमा गएका अदानचुली गाउँपालिका ५ मदानाका धन्जे परियारले स्वास्थ्य चौकीबाट सिटामोलसमेत नपाएको गुनासो गरे।

स्वास्थ्य संस्थाबाट सिटामोल पनि नपाएपछि रुघाखोकी लाग्दा जडीबुटीले काम चलाएको उनले बताए। सरकारले निःशुल्क औषधि पनि दिन नसकेर आफूहरूलाई पीडा थपेको अदानचुली गाउँपालिका-१ का धनलाल भियालले बताए।

कालिका-५ पाल्सका रामबहादुर बुढाले पनि कालिकाको बारिगाउँको स्वास्थ्य चौकीमा जाँदा सिटामोलसमेत नपाएको गुनासो गरे। स्वास्थ्य संस्थामा लामो समयदेखि औषधि ढुवानी नहुँदा बिरामी मर्कामा परेको श्रीनगर इलाका स्वास्थ्य कार्यालयका इन्चार्ज सुवास शाहले बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.