नेपाल पुलिस र मध्यमाञ्चल विजयी

नेपाल पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं : १६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो । खेलमा सुरुआती अग्रता भने सुदूरपश्चिमले लिएको थियो । सुदूरपश्चिमका चन्द्रा भण्डारीले खाता खोलेकी थिइन् । पहिलो हाफमा १-० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा पुनरागमन गरेको थियो । पुलिसका नीरू थापाले ५७औं र निर्मला उपाध्यायले ६५औं मिनेटमा गोल गरे । पुलिसले एउटा पेनाल्टीको अवसर गुमाएको थियो ।

खेलपछि पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिल्दा गोल नभएको प्रतिक्रिया दिए । दोस्रो हाफमा सबै खलाडीले आफ्नो स्तर देखाउँदा गोल पनि भयो, जोशीले भने । सुदूरपश्चिमका व्यवस्थापक डबलबहादुर थापाले पुलिसजस्तो टोलीसँग आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । यसैगरी लिगको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४-० गोलले हरायो । लिगमा मध्यमाञ्चलको पहिलो जित हो । एकपक्षीय खेलमा मध्यमाञ्चलले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो । मध्यमाञ्चलका लागि रश्मीकुमारी घिसिङले छैटौं र ८१औं मिनेटमा गोल गरिन् । मेनुका नगरकोटीले पेनाल्टीमार्फत ३२औं तथा सविता रानामगरले ६१औं मिनेटमा एकएक गोल गरेका थिए ।

राखेप च्याम्पियनसिपअन्तर्गत सञ्चालित लिगमा तीन विभागीय टोली र पाँच विकास क्षेत्र गरी आठ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लिगको विजेता टोलीले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.