आन्दोलनकारीले आफै बनाए प्रदेश मन्त्रालय

आन्दोलनकारीले आफै बनाए प्रदेश मन्त्रालय

डोटी : प्रदेश नम्बर ७ को राजधानी माग गर्दै आन्दोलित भएका डोटीबासीले आज पनि आन्दोलनका विभिन्न गतिविधि संचालन गरेका छन्। सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीस्थित दिपायलमा रहेका क्षेत्रीय कार्यालयहरुमा संघर्ष समितिको नेतृत्वमा आन्दोलनकारीले विभिन्न प्रादेशीक मन्त्रालयहरुका बोर्ड झुण्ड्याइएका छन्।

जिल्लास्थित सरकारी कार्यालयहरुमा तालाबन्दी गरेपश्चात क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका व्यानर राखिएको हो। क्षेत्रको प्रमुख प्रशासन कार्यालयको रुपमा रहेको क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालयको व्यानर राखिएको छ। त्यसैगरी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा अर्थ मन्त्रालयको व्यानर राखिएको छ।

doti-2

त्यसैगरी भरखरै निर्माण भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको अत्याधुनिक भवनमा प्रदेश मन्त्रीपरिषद् एवं मुख्यमन्त्रीको कार्यालयको रुपमा बोर्ड राखिएको छ। सोही भवनमा प्रदेश संसद सचिवालय समेत राखिएको छ। क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा कृषि तथा भूमी व्यवस्थापन मन्त्रालयको बोर्ड राखिएको छ भने पशु सेवा निर्देशनालयको कार्यालयमा वन विज्ञान तथा वातावरण मन्त्रालयको व्यानर राखिएको छ।

doti3

यदि सरकारले प्रादेशीक राजधानी डोटी कायम गरेन भने अझै ससक्त रुपमा आन्दोलन अगाडि बढाइने संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए। जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरुको पूर्ण सहयोग र सहभागीतामा संचालन भएको आन्दोलनले शसक्त रुप लिदै गएको छ।

doti-1 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.