प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

काठमाडौं : गलत सूचना दिएको भन्दै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई प्रवक्ताबाट हटाएको छ। प्रधानमन्त्री कार्यालयले हालका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएकाे हाे ।

00शर्माले लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा रहेर शासकीय सुधार र संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। दुई दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका प्रवक्ता पन्थीको हवाला दिँदै विभिन्न सञ्चार माध्यमले सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोकेको समाचार संप्रेषण गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य सचिव लोकदर्शन रेग्मी प्रवक्ता पन्थीसँग रुष्ट बनेका थिए।

प्रवक्ता पन्थीले भने आफूले प्रदेशको अस्थायी मुकाम तोकेको भनेर कहिल्यै कुनै सञ्चार माध्यममा नबोलेको दावी गर्दै आएका छन्। प्रवक्ता पन्थीले मंगलबार मात्रै आफूले बोल्दै नबोलेको समाचार विभिन्न सञ्चार माध्यममा आएको भन्दै खण्डन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.