समाचार दिएकै नाममा मन्त्रिपरिषद्‍का प्रवक्ता फेरिए

समाचार दिएकै नाममा मन्त्रिपरिषद्‍का प्रवक्ता फेरिए

काठमाडौं : सरकारले सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार भएको सूचना सार्वजनिक गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ।

राष्ट्रिय समाचार समिति (रासस) ले सरकारले प्रस्तावित प्रदेश राजधानीको खाका तयार पारेको सम्बन्धमा समाचार प्रकाशित गरेको थियो। समाचारमा प्रवक्ता पन्थीलाई उद्धृत गरिएकै नाममा उनलाई उक्त पदबाट हटाएको स्रोतको दाबी छ।

प्रवक्ता पन्थीलाई उधृत गर्दै प्रदेश १ विराटनगर, प्रदेश २ जनकपुर, प्रदेश ३ भक्तपुरको ठिमी, प्रदेश ४ पोखरा, प्रदेश ५ दाङ, प्रदेश ६ सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी प्रस्तावित गरेको समाचार प्रकाशित भएको थियो। सरकारद्वारा प्रस्तावित राजधानी भन्ने समाचार दैनिक पत्रिका र अनलाइनमा प्राथमिकताका साथ प्रकाशित भएको थियो।

पन्थीलाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

उक्त समाचार सार्वजनिक भएपछि राजधानी तोकिएको सहरका विषयमा अधिकांश क्षेत्रमा विरोध प्रदर्शन सुरु भएको छ। प्रदेश १ को घनकुटा र प्रदेश ७ को डोटीको दिपायलमा बन्द र हडताल जारी छ। नेपालगन्ज, बुटवललगायतका स्थानमा समेत आन्दोलन चर्किएको छ।

हटाइएका प्रवक्ता पन्थीले भने आफूले प्रदेशको अस्थायी मुकाम तोकेको भनेर कहिल्यै

कुनै सञ्चार माध्यममा नबोलेको दाबी गर्दै आएका छन्। पन्थीले मंगलबार मात्रै आफूले बोल्दै नबोलेको समाचार विभिन्न सञ्चार माध्यममा आएको भन्दै खण्डन गरेका थिए।

सात प्रदेशका प्रस्तावित राजधानीको नाम


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.