कांग्रेसमा पुरानो पुस्ताको काम छैन : गगन थापा

कांग्रेसमा पुरानो पुस्ताको काम छैन : गगन थापा

दमक : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको कार्यकारी पदमा पुरानो पुस्ताको आवश्यकता नरहेको बताए। युवा नेता थापाले कांग्रेसको कार्यकारी पद नयाँ पुस्ताको हातमा आउनु पर्ने बताए। कांग्रेसको पहिलो पुस्ताले मुलुकमा धेरै योगदान दिएको बताउदै नेता थापाले महाधिवेसनबाट पार्टीको पुरानो पुस्ता कार्यकारी तहमा आउन नहुने बताए ।

बिहीबार झापाको दमकमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले ,'सबै नेता कार्यकर्ता लागेर पार्टीको पुन:व्यवस्थापन गरी आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्छ ।' पुर्वमन्त्री समेत रहेका थापाले पार्टीको ब्यवस्थापन नयाँ ढंगले गर्न जरुरी रहेको बताए। उनले एमालेले कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नु गलत भएको बताए।

उनले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्थाका कारण राष्ट्रिय सभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने बताए। उनले राष्ट्रिय सभाका कारणले सरकार निर्माणमा केही ढिलाई हुन पुगेको थापाले प्रष्ट पारे। उनले भने, 'कानुनी प्रकृया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठन गर्नतर्फ दलहरु जुट्नुपर्छ ।' उनले कांग्रेस चाडो नयाँ सरकार निर्माण होस भन्ने पक्षमा रहेको बताए। उनले भने,'कांग्रेस जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस भन्ने पक्षमा भएपनि कानुनी प्रकृयाले गर्दा केही विलम्ब देखिएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.