कांग्रेस, एमाले र माओवादी आफैँले खनेको खाल्डोमा फसे : उपेन्द्र यादव

कांग्रेस, एमाले र माओवादी आफैँले खनेको खाल्डोमा फसे : उपेन्द्र यादव

राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान संशोधनको आवश्यकता पुष्टि भएको बताए। सरकार गठनमा देखिएको संवैधानिक झमेलापछि तीनै दलका नेताले संविधान त्रुटिपुर्ण रहेको स्विकार्न थालेको भन्दै फोरम अध्यक्ष यादवले संविधान संशोधनको आफ्नो मुद्दा थप पुष्टि भएको बताए।

राजविराजमा बिहीवार फोरम जिल्ला समितीले निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि आयोजना गरेको सम्मान र बधाई कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले भने,'संविधान त्रुटिपुर्ण भनेर सच्याउन माग गर्दा त्यतिबेला नसुनेका तीन ठुला दल अहिले आफुले खनेको खाल्डोमा आफै परेका छन्। ' विश्वको कुनै पनि मुलुकमा यस्तो संविधान नवनेको जिकिर गर्दै उनले सरकार गठनमा संवैधानिक अडचन झेल्नु परेपछि ठूला दलका नेता समेत संविधान सच्याउनु पर्नेमा पुगेको बताए।

संशोधनको विकल्प नभएको बताउदै उनले भने, 'मुलुकको दीर्घकालिन राजनीतिक स्थिरताका लागि अब सवै दल मिलेर संविधान संशोधन गर्नुपर्छ। 'अध्यक्ष यादवले सरकार गठनमा भएको ढिलाईमा तीनै ठुला दलले जवरजस्ती लागु गरेको संविधान नै बाधक बनेको बताए।उनले मुलुकको हितका लागि सवै मिलेर संविधान संशोधन गर्नुको विकल्प नरहेको वताए।

सप्तरी क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवले सप्तरीको विकासका लागि सवैको उत्तरदायित्व बराबर रहेको वताए।भ्रष्टाचार अन्त्य, महिलालाई पुरुष सरह अधिकार, युवाको सुरक्षा, जातिय विद्वेषको अन्त्य र असल पार्टी तथा असल नेतृत्वको निर्माण नभएसम्म कुनै पनि ठाउँको विकास हुन नसक्ने उनको धारणा रहेको छ। विगत १० वर्षको कठिन संघर्षपछि प्राप्त राजनीतिक परिवर्तनको उपलब्धि अझै स्थायी नभएको भन्दै उनले सामाजिक परिवर्तन पनि उत्तिकै आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.