राजधानीको आन्दोलनमा मधेसी दल आएनन्

राजधानीको आन्दोलनमा मधेसी दल आएनन्

वीरगन्ज : सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोक्ने तयारी गरेको भन्दै त्यसको विरोधमा वीरगन्जमा दुई साता यतादेखि निरन्तर रुपमा जुलुश प्रदर्शन र कोणसभा भइराखेका छन्।

बिहीबार पनि वीरगन्जमा प्रदेश नम्बर २ को प्रादेशीक राजधानी वीरगन्जलाई नै बनाउन माग गर्दै राजनीतिक दल र तीनका भातृसंगठनका नेता कार्यकर्ताले जुलुश र कोणसभा गरेका छन्। तर, प्रादेशीक राजधानीका लागि वीरगन्जमा हुँदै आएको आन्दोलन र प्रदर्शनमा मधेसी दलहरु संघीय समाजवादी फोरम नेपाल र राजपा भने सहभागी भएका छैनन्।

पर्साको चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी कुल १२ सांसद मध्ये फोरम नेपाल र राजपाले १० सिट जितेका छन्। चुनाव ताका पनि मधेसी दलका उम्मेदवारले आ–आफनो चुनावी संकल्प र प्रतिबद्धता पत्रमा प्रदेश २ को राजधानी वीरगन्जलाई नै बनाउने नारा दिएर मतदातासँग मत मागेका थिए।

यद्यपी प्रादेशीक राजधानी बनाउनका लागि वीरगन्जमा दुई सातादेखि हुँदै आएको आन्दोलनमा मधेसी दलका नेता, कार्यकर्ता, सांसद र विधायकको सहभागीता देखिएको छैन। आन्दोलन र प्रदर्शनमा नेपाली कांग्रेस र नेकपा एमाले तथा उनका भातृ संगठनका नेता कार्यकर्ता मात्रै सहभागी हुन्छन्।
नेपाली कांग्रेसका महासमिती सदस्यसमेत रहेका बाराका तरुण दलका अध्यक्ष लोकेश सिंहले प्रादेशीक राजधानीका लागि भइरहेको दबाबमुलक आन्दोलनमा सहभागी हुन पर्सा र बाराबाट सांसद र विधायकमा निर्वाचित भएका मधेसी दलका नेतालाई सहभागी हुन पटक पटक आग्रह गर्दा पनि उनीहरु सहभागी भएका छैनन्।

सिंहले भने, ‘हाम्रो यो आन्दोलन कुनै दल विशेषको होइन, हामी कांग्रेस र एमालेका नेता कार्यकर्ता पनि आ–आफनो दलको झण्डा घरमै थन्काएर यो आन्दोलनमा होमिएका छौँ, यसमा यहाँका नागरिक समाज, विभिन्न पेशागत संघसंगठनका व्याक्ति पनि सहभागी भइरहनु भएको छ। तर, निर्वाचित मधेसी दलका जनप्रतिनिधिले नाक मुख देखाउनु भएको छैन।’

नेकपा एमालेका नेता एंव पूर्व सांसद राज कुमार गुप्ताले पनि प्रादेशीक राजधानीका लागि वीरगन्जमा भइरहेको आन्दोलनमा मधेसी दलका नेताहरुको सहभागीता नहुदा आफू आश्चर्यमा परेको बताए। मधेस आन्दोलन ताका राजपाका नेता राजेन्द्र महत्तो वीरगन्जमै डेरा लिएर बसेका थिए। ‘मधेस आन्दोलनका क्रममा ६ महिने बन्द हडताल र नाकाबन्दीले सबै भन्दा बढी क्षति वीरगन्जलाई भयो, सबै भन्दा बढी सास्ती पनि वीरगन्जवासीलाई नै भयो, भर्खरै सम्पन्न चुनावमा पनि मधेसी दलका उम्मेदवारले वीरगन्जलाई राजधानी बनाउने मुद्दा अघि सारेर नै भोट मागे र जिते पनि’, गुप्ताले भने, ‘तर जब अहिले वीरगन्जलाई राजधानी बनाउनका लागि जुन आन्दोलन भइरहेको छ त्यसमा ती मधेसी दलका शीर्ष नेताहरु भने जनकपुरको पक्षमा उभिएका छन्।’

वीरगञ्जमा आन्दोलन गरे पनि कांग्रेसका नेताहरुले आफना शीर्ष नेतालाई दबाब दिन नसकेको आरोप फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीको छ। ‘हुती छ भने कांग्रेस एमालेका नेताले काठमाडौमा गएर आफनो शीर्ष नेतालाई दबाब दिनुपर्छ।’

राजपाका महामसचिव शिव पटेलले पनि प्रादेशीक राजधानीका लागि वीरगन्जमा दबाब मुलुक कार्यक्रम गरिरहेका काँग्रेस एमालेका नेताहरुले आफनो दलसंग कुनै छलफल र परामर्श नगरेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.