माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला दहन

माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला दहन

काठमाडौं : आन्दोलनकारीले तालाबन्दीका साथै नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्लादहन गरेका छन्। ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि भट्टको पुत्ला दहन गरेका हुन्।

डोटीमा १०-१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै एक सञ्चार माध्यममा बिहीबार बिहान अन्तरवार्ता दिएपछि भट्टका विरुद्धमा पुत्लादहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए।

जिल्लाका मुख्य सहर तथा ग्रामीण भेगमा समेत प्रर्दशन गरिएको छ। जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै भट्टका विरुद्धमा नाराबाजी समेत गरिएको छ। कैलालीको अत्तरिया निवासी माओवादी केन्द्रका नेता भट्ट अत्तरिया राजधानी बनाउनु पर्ने धारणा राख्दै आएका छन्। उनको पुर्खेउली घर समेत डोटीनै रहेको छ।

जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाबन्द
प्रादेशिक राजधानीको माग गर्दै डोटीमा भइरहेको बन्दको समर्थनमा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन्।

निजीतथा सामुदायिक विद्यालयका सञ्चालक, व्यवस्थापन समितिको संयुक्त बैठकले आन्दोलनको समर्थन गर्र्र्दै बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शैलेश्वरी ऐकेडेमीका सञ्चालक अन्जीता श्रेष्ठले जानकारी दिए। बिहीबार साँझ समीक्षा गरेर शुक्रबार बन्द गर्ने वा सञ्चाल नगर्ने बारेको निर्णय गर्ने पनि बैठकले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.