एमाले नेता घनश्याम भुसाल भन्छन् ‘जबज अस्तित्वको विषय होइन'

एमाले नेता घनश्याम भुसाल भन्छन् ‘जबज अस्तित्वको विषय होइन'

काठमाडौं : एमाले उपमहासचिव घनश्याम भुसालले माओवादीसँग पार्टी एकताका लागि एमालेले अवलम्बन गर्दै आएको ‘जनताको बहुदलीय जनवाद' को सिद्धान्तलाई अस्तित्वको विषय बनाउन नहुने बताएका छन् ।

२५ वर्षअघि एमाले नेता मदन भण्डारीले प्रतिपादन गरेको जबज (जनताको बहुदलीय जनवाद) को च्याप्टर अहिले ‘क्लोज' भइसकेको तर्क गर्दै भुसालले पार्टी एकतामा यही विषयमा भाँजो हालेर बस्न नहुने बताएका हुन् । एमालेनिकट युवासंघ नेपालले बिहीबार जबजको सैद्धान्तिक, राजनीतिक पक्षमाथि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले जबजको मूल कार्यभार अहिले पूरा भइसकेकाले नयाँ ढंगले जानुपर्ने बताए ।

‘२०४९ सालमा मदन भण्डारीले जबजको जुन व्याख्या गर्नुभयो, अहिले त्यसको च्याप्टर क्लोज भयो,' उनले भने, ‘यो कुराले हाम्रो एकतामा भाँजो हाल्दैन, हाम्रो सिद्धान्तले पार्टी एकतामा नेल-हत्कडीको काम गर्दैन ।' भण्डारीले जनवादमा ‘बहुदलीय' शब्द थपेर जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेको र त्यसले परिकल्पना गरेको अवस्थाको समाजबाट अहिले नेपाल धेरै अगाडि पुगिसकेकाले त्यसको च्याप्टर ‘क्लोज' भएको उनले जिकिर गरे ।


‘०४९ सालमा मदन भण्डारीले जबजको जुन व्याख्या गर्नुभयो, अहिले त्यसको च्याप्टर क्लोज भयो । यो कुराले हाम्रो एकतामा भाँजो हाल्दैन ।' -घनश्याम भुसाल, उपमहासचिव, एमाले

तर, उनले यसलाई अहिले पनि मार्गनिर्देशक सिद्धान्त बनाएर जान भने सकिने बताए । ‘मदनले इतिहासका सारा जडतालाई तोडेर त्यो बेला सामन्तवाद, साम्राज्यवादविरुद्ध वा अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा सकेसम्म शान्तिपूर्ण आन्दोलन गरेर जनवाद ल्याउने कुरा गरी जनताको बहुदलीय जनवादको कुरा गर्नुभएको थियो,' उनले भने, ‘तर अहिले हामीले सामन्तवाद, साम्राज्यवाद सबै छोडिसक्यौं, हामी अगाडि बढिसक्यौं । ०७० सालको हाम्रो विश्लेषणका आधारमा जनवादी सत्ता स्थापना गरिसकेका छौं, त्यसो भएपछि यसको च्याप्टर क्लोज भयो ।'

भुसालले जबजको च्याप्टर ‘क्लोज' भएको भनी दिएको टिप्पणीले एमालेवृत्तमा तरंग ल्याइरहँदा उनले भने आफू यस विषयमा अडिग रहेको बताए । उनले आफ्नो अभिव्यक्तिप्रति कटाक्ष गर्ने नेताहरूलाई प्रश्न गर्दै भने, ‘जुन कार्यक्रमको सार अर्धसामन्ती, अर्धऔपनिवेशिक थियो, ०४९ मा त्यो बदल्ने भनिएको थियो, त्यो अहिले बदलियो भन्दा मैले के अपराध गरेँ ? '

माओवादीले पनि माओवाद, एक्काइसौं शताब्दीको जनवाद र एमालेले पनि जबजको नारा जपेर पार्टी एकतामा भाँजो हाल्न नहुने उनले तर्क गरे । माओवादी-एमाले दुवै पार्टीको संयुक्त चुनावी घोषणापत्रमै देशमा लोकतान्त्रिक तरिकाले समाजवाद ल्याउने साझा मिलनविन्दु खोजिसकेकाले अब वैचारिक राजनीतिक विषयमा विवादमा अल्झिरहनुनपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.