आर्मी र एपीएफ सेमिफाइनलमा

आर्मी र एपीएफ सेमिफाइनलमा

पोखरा : १८ औं पुरुष ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा दुई विभागीय टोली त्रिभुवन आमी क्लब र सशस्त्र प्रहरीको एपीएफ पुगेका छन्। पोखरा रंगशालामा शुक्रबार यी दुई विभागीय टोलीवीच प्रतिस्पर्धा हुनेछ। यसैगरी दोस्रो खेलमा घरेलु टोली पश्चिमाञ्चल र मध्यमाञ्चलवीच प्रतिस्पर्धा हुने छ।

महिलातर्फको पहिलो सेमिफाइनल खेलमा एपीएफले पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।पुरुषको खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १४-९ गोलले पराजित गर्‍यो। पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३५-१० को फराकिलो अन्तरले पाखा लगायो। यस्तै आर्मीले मध्यपश्चिमाञ्चललाई ३६-१० को फराकिलो अन्तरले पन्छायो। मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २४-१४ ले पराजित गर्‍यो भने एपीएफले पूर्वाञ्चललाई ३७-७ ले पन्छायो।

महिलातर्फ एपएिफले पश्चिमाञ्चललाई ३८-७ गोलले पाखा लगायो। यसैगरी आर्मीले मध्यमाञ्चललाई २९-१, एपीएफले मध्यपश्चिमाञ्चललाई ३०-१, पूर्वाञ्चलले मध्यमाञ्चललाई २८-२ र पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २१-० पाखा लगायो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.