नयाँ शक्तिको उद्‍घाेष : पाँच वर्षभित्रै वैकल्पिक शक्ति

नयाँ शक्तिको उद्‍घाेष : पाँच वर्षभित्रै वैकल्पिक शक्ति

 कास्की : नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ। कास्कीको ल्वाङगाउँको होमस्टेमा तीन दिनसम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिकै रूपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ।

चुनावी नतिजा अपेक्षित नआएपछि वाम वा लोकतान्त्रिक शक्तिसँग मिलेर जानसक्ने आशंकालाई चिर्दै नयाँशक्तिले त्यो नगर्ने निर्णय गरेको हो। ‘चुनावका बेला गरिएका गठबन्धन र तालमेल किन गरियो भन्ने बुझाउन नसक्नु हारको कारण रह्यो', नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले भने, ‘हाम्रा एजेन्डा पनि बुझाउन सकेनौं।' उनले पाँच वर्षभित्र पार्टी वैकल्पिक शक्ति बनाउने घोषणा गरे।

नयाँ शक्तिले बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको थियो। बैठकले पार्टीले तर्जुमा गरेको नीति जनतासमक्ष पु‍र्‍याउन नसक्नु नै हारको कारण रहेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रशान्त सिंहले जानकारी दिए। आउँदो फागुन १०, ११ र १२ गते पार्टीको संघीय परिषदको बैठक गर्ने र त्यसैबाट महाधिवेशन मिति टुंगो लगाउने पनि उनले बताए।

आफू प्रधानमन्त्री र हिसिला यमी पर्यटनमन्त्री भएकै बखत कास्कीको ल्वाङ गाउँमा होमस्टे सुरु भएको हुँदा पनि त्यस नाताले यहाँ बैठक राखेको भट्टराईले जानकारी दिएका थिए। माछापुच्छ्रे गाउँपालिका ८ मा पर्ने ल्वाङगाउँमा बैठक तीन दिन चल्यो। केन्द्रीय कार्यकारी समिति, संरक्षक परिषद् र विज्ञ परिषद्का सदस्य बैठकमा सहभागी थिए। बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ।

चुनावी नतिजा अपेक्षित नआएपछि वाम वा लोकतान्त्रिक शक्तिसँग मिलेर जानसक्ने आशंकालाई चिर्दै नयाँशक्तिले त्यो नगर्ने निर्णय गरेको हो।

‘अहिलेसम्मका सकारात्मक उपलब्धिको रक्षा गर्दै पार्टीभित्र देखिएका कमजोरीलाई निर्ममतापूर्वक हटाउँदै नयाँ शक्ति पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिको रूपमा विकास गर्ने निर्णय गरियो', घोषणापत्रमा भनिएको छ। नयाँ शक्तिले आगामी दिनमा मुद्दाका आधारमा वाम वा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्ने जानकारी संयोजक भट्टराईले दिए। उनले गुण र दोषका आधारमा सरकारको आलोचना गर्ने बताए।

बैठकले जनताको चाहना राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धि हो भन्नेमा स्पष्ट रहँदै सम्पन्न निर्वाचनको जनादेश यही प्रयोजनका लागि हो भन्ने महसुस गरेको प्रवक्ता सिंहले सुनाए। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने पार्टीको माग अरु सान्दर्भिक तथा औचित्यपूर्ण भएको बैठकले ठहर गर्दै यसलाई जोडदार रुपमा उठाउने निर्णय भएको सिंहले बताए।

संविधानमा आवश्यक संशोधन गर्न यो नयाँशक्तिले राजनीतिक दलहरू र सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। ‘संविधानसभाबाट जारी गरिएको संविधानमा मधेशी, थारू, आदिवासी जनजाति, दलित लगायत विविध समुदायको कतिपय असन्तुष्टि कायमै रहेको स्थिति छ', उक्त पार्टीले भनेको छ।

‘मुलुकमा भइरहेका भ्रष्टाचार, अनियमितता, तस्करी, घुसखोरी र अख्तियार दुरुपयोग जस्ता जघन्य अपराधविरुद्ध नयाँ शक्ति पार्टी, नेपालको नेतृत्वमा आम जनसमुदायलाई एकताबद्ध गर्दै सम्झौताविहीन जबर्जस्त आन्दोलन सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ', प्रवक्ता सिंहले भने।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.