सरकारविरुद्ध कांग्रेसकै प्रदर्शन

सरकारविरुद्ध कांग्रेसकै प्रदर्शन

बुुटवल : सरकारले प्रदेश नम्बर ५ को अस्थायी केन्द्र (राजधानी) दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ। आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा बिहीबार एक घन्टा चक्काजाम गरेको हो।

कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसालजुलुस प्रदर्शन गर्‍यो। बुटवललाई प्रदेश ५ को अस्थायी केन्द्र तोकिनुपर्ने मागसहित कांग्रेस, एमाले र व्यावसायिक संघसंस्थाले बिहीबार बुटवलमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन्।

कांग्रेसले बिहीबार बिहान ९ बजेदेखि १० बजेसम्म बुटवल, देवदह, मणिग्राम र सालझन्डीमा एकै साथ चक्काजाम गरेको थियो। चारै नाकामा चक्काजाम भएपछि महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग ठप्प रहे। करिब दुई घन्टा यात्रुहरु सडकमै अलपत्र परेका थिए।

सरकारले अस्थायी राजधानी बुटवलबाहिर तोके सडकबाटै निर्णय फेर्न बाध्य बनाइने कांग्रेसका नेताहरूले बताएका छन्। चक्काजामपछि आयोजित कोणसभामा बोल्दै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले प्रदेशको राजधानी निर्माणमा भूगोल नभई बहुसंख्यक सर्वसाधारणको हितलाई हेर्न सरकारलाई आग्रह गरे। ‘अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मभूमि लुम्बिनी रहेको महत्वपूर्ण स्थानलाई पाखा लगाउनु गम्भीर आपत्तिको कुरा हो, यस विषयमा सरकार संवेदनशील हुन्छ’, उनले भने। उनले प्रदेशको केन्द्र तोक्ने विषयमा गम्भीर भएर निर्णय लिन सरकारलाई आग्रह गरे।

कांग्रेस महासमिति सदस्य युवराज गिरीले सडक र पार्टी च्यानलबाट सरकारलाई निरन्तर दबाब दिइने बताए। ‘पार्टीको सरकार भए पनि हामी चुप लागेर बस्दैनौं, बुटवललाई प्रदेशको केन्द्र बनाएरै छाड्छौं’, उनले भने।

५२ संस्थाको दबाब

यस्तै प्रदेशको केन्द्र बुटवलमा हुनुपर्ने भन्दै रुपन्देहीमा रहेको व्यावसायिक संघ संस्थाले पनि दबाबमूलक कार्यक्रम गरेका छन्। बुटवलको पुष्पलाल पार्कबाट ट्राफिक चोकसम्म र्‍याली प्रदर्शन गरेका हुन्।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग व्यापार संगठन लगायतका ५२ संघसंस्था दबाबमूलक र्‍यालीमा सहभागी भएका थिए। व्यवसायीले बुटवललाई केन्द्र नबनाए प्रदेशका लागि नै नोक्सान हुने बताए। मुलुककै महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकास भएको रुपन्देहीलाई केन्द्र बनाउनु प्रदेशको हितमा हुने उनीहरूको भनाइ छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बुटवलमा प्रदेश कार्यालयका लागि भौतिक संरचनाका नभएको भन्नु गलत हुने भन्दै व्यवसायी एक भएर दबाबमूलक र्‍यालीमा निस्किने बताए।

त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले प्रदेशकै ठूलो सरकारी संरचना सुगम स्थानमा राख्नुपर्ने बताउँदै भूगोलको विकासका नाममा साँघुरो घेरामा राख्न नहुने बताए। ‘बुटवल केन्द्र हुँदा सबै पहाडी जिल्लाको विकासमा एकरुपता आउँछ,, आर्थिक राजधानी निर्माण र बलियो प्रदेश निर्माणका लागि बुटवलमा केन्द्र हुनुपर्छ’, उनले भने।

बिहीबार आन्दोलनमा उत्रिएका कांग्रेससहित व्यापारिक संघ-संस्थाले बुटवलबाहेक अन्यत्र केन्द्र तोक्ने संकेत पाउनासाथ आन्दोलन चर्काउन चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.