सुनसरीलाई प्रदेश १ को राजधानी बनाउन मन्त्रीलाई दबाब

सुनसरीलाई प्रदेश १ को राजधानी बनाउन मन्त्रीलाई दबाब

धरान : सुनसरीबासीले प्रदेश राजधानी घोषण विषयलाई लिएर सुनसरीबाट प्रतिनिधित्व गर्ने तीनजना मन्त्रीको भूमिका खोज्न थालेका छन्। प्रदेश १ को राजधानीका दाबेदार जिल्ला सुनसरी, मोरङ र धनकुटाले आन्दोलन चर्काइरहेका बेला सुनसरीको टोली भने जिल्लाबाटै निर्वाचित भएका उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्र कार्की र वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्मालाई भेट्न काठमाडौं पुगेको छ।

सरकारले प्रदेशको अस्थायी राजधानी घोषण गर्ने अन्तिम तयारी गरिहेका बेला सुनसरीबासीले जिल्लाबाट प्रतिनिधित्व गर्ने तीनैजना मन्त्रीलाई सुनसरीलाई राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्न दबाब दिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरिरहेका बेला सुनसरीलाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै सुनसरीबाट धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको नेतृत्वमा सर्वदलीय टोली काठमाडौं पुगेको हो। टोलीले सुनसरीलाई राजधानी घोषना गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापनपत्र बुझाइ सकेको छ।

भण्डारीको टोलीमा एमालेका नारायण सुवेदी, कांग्रेसका किशोर राई, माओवादीका अइन्द्रविक्रम बेघा र संघीय समाजवादी फोरमका ताजुव लिम्बुलगायतका नेता सहभागी छन्। उनीहरुले सुनसरी क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित संसद समेत रहेका उपप्रधानमन्त्री गच्छदार, अथमन्त्री कार्की र वाणिज्यमन्त्री विकलाई भेटेर सुनसरीलाई प्रदेश राजधानी घोषण गर्न दबाब दिएका हुन्।

सुनसरीलाई प्रदेश राजधानी बनाउनका लागि कांग्रेस सुनसरीका सभापति राजिव कोइराला, अर्का नेता चन्द्रप्रसाद श्रेष्ठ र नेविसंघ महामन्त्री सरोज थापालेसमेत प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री गच्छदार, अर्थमन्त्री कार्की र वाणिज्य मन्त्रीलाई दवाव दिन काठमाडौं गएका हुन्।

यस पटकको निर्वाचनमा एमाले किल्ला भत्काएर प्रतिनिधिसभातर्फ तीन सिट र प्रदेशसभातर्फ तीन सिट जितेर देशभरकै जिल्ला मध्य सुनसरीले उत्कृष्ट नतिजा ल्याएको अवसरमा सुनसरीलाई प्रदेश राजधानी बनाउदा जनतामाझ कांग्रेसले अझ लोकप्रियता कमाउने कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताए। सुनसरीलाई प्रदेश राजधानी बनाउदा भौतिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय हिसाबले मात्र उपयुक्त नभएर ताप्लेजुङदेखि सोलखुम्बुका लागि पनि केन्द्र हुने उनको भनाइ छ।

धरान, इटहरी, झुम्का, इनरुवा, दुहवीलगायत सहरमा भौतिक पूर्वाधार र सम्भावना रहेको भन्दै सुनसरीबाट गएको टोलीले मन्त्रीहरुलाई ध्यानाकर्षण गराएको एमालेका धरान अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.