हचुवामा राजधानी र प्रदेश प्रमुख तोकिए उल्ट्याउँछौं : प्रचण्ड

हचुवामा राजधानी र प्रदेश प्रमुख तोकिए उल्ट्याउँछौं : प्रचण्ड

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रादेशिक राजधानी अध्ययन नगरी तोकिए उल्ट्याउने चेतावनी दिएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारले अध्ययन गरेर मात्र प्रदेश राजधानी तोक्नु पर्नेमा जोड दिएका हुन् । सँगै उनले प्रदेश प्रमुखको नियुक्तिमा समेत सरकारले प्रमुख दलसँग सहमति नगरे त्यो स्वीकार्य नहुने बताएका छन् ।

दाहालले भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर राजधानी तोक्नुपर्नेमा जोड दिए । ‘अहिले तोक्ने भनेको अस्थाई केन्द्र मात्र हो , अन्तिम निर्णय प्रदेश सभाको बैठकले गर्छ’, उनले भने, ‘सरकारले अध्ययन गरेर ठीक तोके समर्थन हुन्छ, नत्र प्रदेश सभाले निर्णय गर्छ ।’

अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकता हुनेसमेत बताएका छन् । उनले नेतृत्व तहमा सकारात्मक छलफल भइरहेकाले पार्टी एकताको विषयमा जथाभावी नबोल्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी बाँढेर एकता गर्ने बताउँदै भने, ‘ अध्यक्ष र प्रधानमन्त्री पदमा विवाद छैन । बाँढेरै लिने सहमति छ ।’

दाहालले अध्यादेशको गाँठो फुकेसँगै राष्ट्रिय सभा गठनको लागि अवरोध हटेको बताए । राष्ट्रिय सभाको गठन छिटो गरेर नयाँ सरकार गठनको वातावरण बनोस भन्नेमा आफू लागेको उनको भनाइ छ । ‘अध्यादेशको गाँठो फुकेसँगै राष्ट्रिय सभा निर्वाचनको गठनमा कुनै अवरोध छैन’, दाहालले भने, ‘राष्ट्रियसभा निर्वाचन छिटो गरेर नयाँ सकार गठनको वातावरण बनोस भन्नेमा हाम्रो जोड छ।’

दाहालले पार्टीको पदीय जिम्मेवारी बाँडफाँडमा पनि विवाद नभएको प्रष्ट पारेका छन् । सुशासन, समृद्धि र राष्ट्रिय एकताको विषयमा लागि परेकाले दुई पार्टीका अध्यक्षलाई समुचित भूमिका दिने विषयमा सहमति भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.