मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं : मन्त्रिपरिषदको आकस्मिक बैंठक केहीबेरमा बस्दैछ। बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
माघ २५ गते राष्ट्रियसभाको मिति तोक्न सिफारिस गरेको थियो । बैठकमा प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने सम्भावना नरहेको स्रोतको दाबी छ।
बैठकले विभिन्न राजनीतिक नियुक्ति समेत गर्दै छ ।