ओलीको स्वास्थ्य समस्या के हो ?

ओलीको स्वास्थ्य समस्या के हो ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बैठकहरुमा सहभागी भएका छैनन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीको अस्वस्थताका कारण शीर्ष तहको बैठक पनि स्थगित हुन थालेपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाट समेत स्थगित गरेका थिए।

उनलाई के भएको छ भन्ने चासो बढेको छ ? निर्वाचनको समयमा एकैदिन आधादर्जन जिल्लामा पुगेका ओलीको गत सोमबार देखि पेटमा गडबडी भएपछि घरमा नै आराम गरिरहेका छन् । ओलीका निजी चिकित्सक प्रा‍.डा. दिव्यासिंह शाहले पेटमा भएको गडबडीमा सुधार आइसकेको बताइन । प्रा‍.डा.शाहले अन्नपूर्णसँग भनिन्, 'उहाँ (ओली) को पेट अलि गडबडी भएको हो। अहिले ठिक छ।'

डा. सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो। औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। डा. सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन्।झाडापखालाले दुई दिनसम्म सताएपछि उनले कार्यक्रमहरू पनि रद्द गर्दै आएका छन्।

एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई यसअघि रोगप्रतिरोधी क्षमता कमजोर भएका कारण बेलाबखत फंगस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखापरेको थियो। वरिष्ठ नेफ्रोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञसमेत रहेकी डा. सिंहले ओलीलाई अहिले मिर्गौलासम्बन्धी कुनै समस्या नदेखिएको बताइन्।मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए। खानपानमा सजगता नअपनाउँदा ओली झाडापखाला लागेपछि सार्वजनिक कार्यक्रममा समेत नगई घरमै आराम गरिरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.