‘अब मुलुकमुखी राजनीति'

‘अब मुलुकमुखी राजनीति'

भरतपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब ‘प्रो नेपाल' राजनीतिमा केन्द्रित रहने बताएका छन्। दुई छिमेकी मुलुकको राजनीतिसँग जोडेर नेपालका दलीय शक्ति विभाजित हुने गरेको भन्दै उनले ‘प्रो नेपाल'को राजनीतिबाट देशको समृद्धि एवं सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए।

विगतमा राजसंस्थाले आफ्नो शासन जोगाउन चीन र भारतपरस्त भनेर दलीय शक्तिलाई विभाजन गरेको आरोप लगाउँदै दाहालले त्यसको अन्त्य गरेर ‘प्रो नेपाल'को राजनीति मात्र सम्भव भएको धारणा राखे। शुक्रबार भरतपुर महानगरपालिकाको प्रथम नगरसभा उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले दुवै छिमकी मुलुकसँग समन्वय गरेर नेपालको विकास गर्नुपर्ने बताए। ‘हिजो लामो समयदेखि राजामहाराजाले कुनै दललाई ‘प्रो भारत' र कुनै दललाई ‘प्रो चीन' भनेर खेल्ने गरेका थिए', उनले भने, ‘अब दुवै छिमेकीसँग राम्रो सम्बन्ध कायम गरेर ‘प्रो नेपाल'को राजनीति गर्ने बेला आएको छ।'

छिमेकी मुलुकको सम्बन्ध सुधारेर समृद्धि ल्याउने विदेश नीति बनाउन आफू लागिपरेको उनको भनाइ छ। ‘हामी नेपालको राष्ट्रिय हितको पक्षमा भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाएर समृद्धि ल्याउने विदेश नीतिको पक्षमा छौं', उनले भने। राष्ट्रिय राजनीति अझै खतरामुक्त नभएको र मुख्य दलबीच सहमति एवं सहकार्य आवश्यक भएको उनले बताए। विकासका मुद्दामा सहमति नभए मुलुक दुर्घटनामा पर्ने खतरा रहेको उनको भनाइ छ। राष्ट्रिय मुद्दामा मुख्य दलबीच सहमतिको विकल्प नभएकोसमेत उनले बताए। ‘हामी अझै सुरक्षित छैनौं, विकासका मुद्दामा प्रमुख दलबीच सहमति एवं सहकार्य भएन भने दुर्घटनाको खतरा छ', दाहालले भने।

विगतमा राजसंस्थाले आफ्नो शासन जोगाउन चीन र भारतपरस्त भनेर दलीय शक्ति विभाजन गरेको दाहालको आरोप छ।

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन भिन्न राजनीतिक प्रणालीबाट गरिएको उनको भनाइ छ। साथै जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउने ऐतिहासिक प्रक्रियाअन्तर्गत निर्वाचन सफल भएको उनको दाबी छ। तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको भरतपुर महानगर सभाले पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। विनियोजित बजेटमा पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ३४ करोड चार लाख ६८ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १३ करोड ८७ लाख ५० हजार, सामाजिक विकासतर्फ ६० करोड २७ लाख २५ हजार, आर्थिक विकासतर्फ पाँच करोड ८१ लाख १६ हजार, प्रशासनिक क्षेत्रतर्फ ४१ करोड ४९ लाख ४१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

एक सहर एक पहिचान एवं एकीकृत सहरी विकास योजनासमेत नीति तथा कार्यक्रमको प्राथमिकतामा छन्। योसँगै वातावरण तथा सरसफाइ र सामाजिक क्रियाकलापमा समेत महानगरले ध्यान केन्द्रित गरेको छ। कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कसैलाई विभेदका दृष्टिले नहेरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको दाबी गरिन्।

 भरतपुर महानगरको शुक्रबार आयोजित प्रथम नगरसभामा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, महानगर प्रमुख रेणु दाहाललगायत।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.