सुदूरपश्चिम सेमिफाइनलमा

सुदूरपश्चिम सेमिफाइनलमा

 

धनगढी : सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम- ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको ए डिभिजन क्लब च्यासललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकले विजयी सुरुआत गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा च्यासल ५-४ गोलले पराजित भयो ।

बाई पाएर क्वार्टरफाइनलमा पुगेको आयोजक टोलीले जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७१औं मिनेटमा च्यासलका विदेशी खेलाडी सेगुनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेट मात्रै टिक्यो । खेलको हाफको ८५औं मिनेटमा सुदूरपश्चिम-११ का विनोद केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा च्यासलका सुमन लामाको प्रहारलाई सुदूरपश्चिमका गोलकिपर जीवन भट्टराईले बचाएपछि आयोजक सेमिफाइनलमा पुगेको हो । सुदूरपश्चिमका नियमित गोलकिपर अमानत शेख घाइते भएपछि पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराईले च्यासलका खेलाडीका धेरै प्रहार बचाएका थिए । भट्टराई खेलको म्यान अफ दी म्याच बने । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा भुटानको एकसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११, उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिताको पूर्वसांसद आरजु देउवाले उद्घाटन गरिन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.