‘ओली थाइल्यान्ड जानुअघि एकता संयोजन समिति बैठक’

‘ओली थाइल्यान्ड जानुअघि एकता संयोजन समिति बैठक’

गोरखा: नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अबको पाँचबर्षसम्म बामपन्थीबाहेकको सरकार असम्भव रहेको दाबी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा श्रेष्ठले बामबाहेकको मिलिजुली सरकार ‘हल्लामात्रै’ को संज्ञा दिएका छन् ।

‘तपाईँहरुमार्फत म प्रष्ट भन्न चाहन्छु बामपन्थी गठबन्धनको सरकारबाहेक पाँचबर्ष नेपालमा अरु कसैको सरकार बन्दैन’, श्रेष्ठले भने ‘यहाँ दुई प्रकारका जो प्रचारहरु भए, एकातिर अरु दुई पार्टीको सहयोग लिएर हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा वा एमालेले माओवादीलाई अगल गरेर संघीय समाजवादी फोरमलाई लिएर सरकार बनाउने भन्ने कुरा । यी दुइटै गलत कुरा हुन् । अबस्तुवादी कुरा हुन् । यस्तो कुनै सम्भावनै छैन ।’

वामपन्थी एकताका लागि चुनावमा जनताले बाम गठनबन्धनलाई म्याण्डेट दिएको भन्दै श्रेष्ठले जनादेशभन्दा बाहिर जानेकुरा कल्पना पनि गर्न नसकिने दाबी गरे ।

पार्टी एकताका लागि आइतबार बैठक बसेर थप अघि बढ्ने उनले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश नजाँदै सुझाव लिएर सोही अनुसार अघि बढ्ने उनले बताए ।

‘उहाँ यहाँ रहेकै अवस्थामा पार्टी एकता संयोजक समितिबाट आवश्यक केही निर्णय लिन्छौं । त्यसपछि केही गृहकार्य अगाडि बढ्ला’, श्रेष्ठले भने ‘अहिले वैचारिक, राजनीतिक लाइनका सम्बन्धमा छलफल भइरहेको छ । नेतृत्व निर्माण र संगठनात्मक एकीकरणको आधार के बनाउने भन्नेबारेमा पनि छलफल गरिरहेका छौं ।’ एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण पनि केही लम्बिरहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.