छिटै प्रदेश प्रमुख र प्रादेशिक राजधानी तोकिने छ : अर्थमन्त्री कार्की

 छिटै प्रदेश प्रमुख र प्रादेशिक राजधानी तोकिने छ : अर्थमन्त्री कार्की

काठमाडौं : अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले छिटै प्रदेश प्रमुख र प्रादेशिक राजधानी तोकिने बताए। रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार प्रदेशको राजधानी तोकिने भएकाले आधारभूत कुरा र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकारले गरिरहेको बताए। उनले भने , 'छिट्टै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी प्रक्रिया अनुसार तोकिने छ।'

उनले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताए। कार्कीले भने,'लामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्जवल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताको बीचमा जानुको विकल्प छैन।'

पूर्व सांसद मोनहरनारायण श्रेष्ठले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई तोक्न सरकारसँग माग गरेका छन्। उनले भने,'प्रदेश नम्बर १ को उपयूक्त राजधानी धनकुटा हुन्छ, भौगोलिक हिसावमा सेन्टरमा पर्छ, पूर्वाभार, सामथ्र्य, हावापानी, सुन्दरता र अन्तराष्ट्रिय सिमानाको देष्टिकोणले पनि त्यत्तिकै उचित छ।'

कार्यक्रममा विजयीसन्तोषी राईले आधारपत्र प्रस्तुत गरेका थिए। धनकुटा जिल्ला कार्य समितिका पूर्व सभापति हरि अधिकारी, समानुपातिक प्रदेश सभा सदस्य लिला शुब्बाले प्रदेश नम्बर १ को प्रादेशिक राजधानी धनकुटालाई तोक्न सरकारसँग माग गरेका छन्। कार्यक्रममा सुनसरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश सांसद लिला शुब्बालाई अभिनन्दन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.