सिमरा गोल्डकप माघको अन्तिम साता
सिमरा : रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण माघ अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको नवौं संस्करण माघ २५ गते देखी फाल्गुन ५ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा)ले बनाएको तालिका अनुसार प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए ।
क्लबका अध्यक्ष मियाका अनुसार झण्डै ७६ लाखको अनुमानित बजेट रहेको प्रतियोगितामा ए डिभिजन र मोफसलका गरी १० टिमले सहभागिता जनाउनेछन् । साविक बिजेता सिएफजी संकटा क्लब, दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, एक पटकको बिजेता नेपाल आर्मीको त्रिभुवन क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब, झापा ११, रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगञ्ज युनाईटेड क्लब, हेटौडा ११ र आयोजक क्लब प्रतियोगितामा सहभागी हुने छन् ।