भक्तपुर नपा, सुटर्स र काभ्रे बोर्डर विजयी

भक्तपुर नपा, सुटर्स र काभ्रे बोर्डर विजयी

भक्तपुर : भक्तपुर नगरपालिका, सुटर्स, काभ्रे बोर्डर र भक्तपुर फुटबल विकास संस्था भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। सुटर फुटसल क्लवद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा भक्तपुर नपाले अल स्टार क्लवलाई ५-२ गोलले हराएको हो। विजेता भक्तपुर नपाको लागि भूपीन परियार, जिन्लप तामाङ, विपीन थापामगर, नवीन फुगुङ र प्रशान्त तामाङले एकएक गोल गरे।
अल स्टारको लागि सरद श्रेष्ठ एक्लैले दुई गोल गरे।

त्यस्तै आयोजक सुटर्स क्लवले सोल्टी नेपाललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हरायो। निर्धारित समयमा दुवै टीमबाट एकएक गोल भएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो। शनिबार नै भएको अर्को खेलमा काभ्रे बोर्डरले राइजिङ स्टारलाई ३-० गोलले पन्छायो। काभ्रे बोर्डरको लागि रोशन तामाङले दुई र कृष्णराज लामाले एक गोल थपे।

नकआउटको आधारमा खेलाइएको उक्त प्रतियोगिताको शनिबार भएको अन्तिम खेलमा भक्तपुर फुटबल विकास संस्थाले श्रीनीलबाराही युथ क्लवलाई पेनाल्टी सुटआउटमा ३-१ मा हरायो। निर्धारित खेलमा दुवै टीमबाट एकएक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

२४ वटा फुटबल क्लवहरुको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक किशोर धुकुछुले जानकारी दिए।
क्लवका अध्यक्ष रमेश सुवालले सहभागी टीमलाई दुई समूहमा बाँडिएको र दुई समूहका विजेताबीच हुने ग्राण्ड फिनालेका विजेता प्रतियोगिताको च्याम्पियन बन्ने जानकारी दिए।

भक्तपुर नपा ७ स्थित माहेश्वरी खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन शनिबार एक कार्यक्रमबीच नेपाली फुटबलका पूर्वराष्ट्रिय खेलाडीहरु उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्का र बाबुकाजी धौबञ्जारले संयुक्त रुपमा गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.