कसले रोक्ला म्यानचेस्टर सिटीलाई ? एफए कपमा पनि प्रभावशाली जित

कसले रोक्ला म्यानचेस्टर सिटीलाई ? एफए कपमा पनि प्रभावशाली जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा निरन्तर १९ खेलमा अपराजित रहेको म्यानचेस्टर सिटीले एफए कपमा पनि रवाफिलो प्रदर्शन गरेको छ ।

शनिबार राति सम्पन्न बेलायतको प्रतिष्ठित एफए कपको तेस्रो राउन्डको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले बर्न्लेमाथि ४–१ को सहज जित निकालेको हो ।

खेलको २५ औँ मिनेटमा डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बर्न्लेका एस्ले बार्नेसले गोल गरेपछि पछि परेको सिटीले चारवटै गोल दोस्रो हाफमा गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा एक गोलले पछि परेको सिटीका लागि दोस्रो हाफको ५६ औँ र ५८ औँ मिनेटमा गोल गर्दै सर्जियो अग्वेरोले २–१ को अग्रता दिलाउन सफल भए ।

त्यसपछि झनै आक्रमक भएको सिटीका लागि ल्योरे सानेले ७१ औँ मिनेटमा र ८२ औँ मिनेटमा ब्रेर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले ४–१ को अग्रता बनायो ।

यो जितपछि सिटी एफए कपको चौथो चरणमा पुग्न सफल भएको छ । पेप ग्वार्डिओलाको कमानमा रहेको सिटीले यो सिजन प्रिमियर लिगमा पनि अन्य क्लब भन्दा १५ अंकको अग्रता बनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.