१४५ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोनामा कोटिन्हो

१४५ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोनामा कोटिन्हो

काठमाडौँः ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्होलाई स्पेनिस क्लब एफसी बार्सिलोनाले १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको छ ।

नेमारले छाडेर पिएसजी गएपछि उनको विकल्पको खोजीमा रहेको बार्सिलोनाले २५ वर्षीय कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो (३५५ मिलियन पाउन्ड) को सम्झौता गरेको छ ।

कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो । नेमार १८९ मिलियन पाउन्डमा फा्रन्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन सफल भएको हो ।

यो सँगै कोटिन्हो विश्वकै महंगा खेलाडीको सूचीमा दोस्रो नम्बरमा दर्ता भएका छन् । यसअघि ब्राजिलियन नेमार १८९ मिलियनमा पिएसजी पुगेका थिए।

यसै सिजन बार्सिलोनाले ओसुमाने डेम्बेलेलाई जर्मनीको बोरुसिया डर्टमन्डबाट ९७ मिलियन पाउन्डमा भित्र्याएको थियो । कोटिन्होपछि उनी तेस्रा महंगा खेलाडी भएका छन् ।

लिभरपुल र बार्सिलोना दुवैले कोटिन्हो किनबेचको कुराको पुष्टि गरेका छन् । बार्सिलोनाले त कोटिन्होको नाम अंकित टी सर्ट पनि सार्वजनिक गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.