कर्मचारी ट्रेड युनियनबारे पुनर्विचार हुन्छ : श्रेष्ठ

कर्मचारी ट्रेड युनियनबारे पुनर्विचार हुन्छ : श्रेष्ठ

 

गोरखा : माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कर्मचारी ट्रेड युनियनबारे वाम सरकारले पुनर्विचार गर्ने चेतावनी दिएका छन्। वाम गठबन्धनका कर्मचारी ट्रेड युनियनले नै गोरखामा आयोजना गरेको वनभोज कार्यक्रममा उनले कर्मचारी नेतृत्वको रवैयाका कारण कटु वचन बोल्न बाध्य भएको तर्क गरे। ‘कर्मचारी ट्रेड युनियनको भूमिका नेपालमा आलोचनामुक्त छैन’, श्रेष्ठले भने, ‘कर्मचारी ट्रेड युनियनले के-कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारे गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ।’

सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु कर्मचारीको मुख्य भूमिका भन्दै उनले सुविधाका लागि दायराभन्दा माथिका काममा हात हाल्ने प्रवृत्ति रोक्नुपर्ने बताए। ‘सरकारले गर्ने जनपक्षीय निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु कर्मचारीको मुख्य भूमिका रहन्छ। कर्मचारी ट्रेड युनियनले यसका लागि कर्मचारीलाई उत्प्रेरित गर्ने हो। तर, त्योभन्दा बाहिर गएर काम गर्नु सर्वथा अनुचित हुन्छ।’

नेता श्रेष्ठले आफू सरकारमा हुँदा ट्रेड युनियनका नेताले विदेश भ्रमण र सरुवा बढुवाको फाइलमा हात हाल्ने दुष्साहस गरेको उदाहरण पनि प्रस्तुत गरेका थिए। ‘वैचारिक रूपमा सरकारसँग नजिक हौं भन्नेलाई अझ बढी गम्भीरतापूर्वक सोच्न म आग्रह गर्छु’, नेताले श्रेष्ठले भने, ‘अबको सरकारले आर्थिक क्रान्तिलाई मुख्य मुद्दा बनाउने हो। हाम्रो सरकार भएका बेला हाम्रा लागि विशेष हुनुपर्छ भन्ने मान्यता हटाउनुपर्छ। हाम्रो सरकार भएका बेला अप्ठ्यारोजति आफूले भोग्न तयार हुनुपर्छ।’ उनले जसरी राजनीतिक नेतृत्व सच्चिनुपर्छ भनेर तयार भएका छन् त्यसैगरी कर्मचारी साथीले पनि सच्चिन तयार हुनुपर्ने बताए।

‘वामपन्थीबाहेकको सरकार सम्भव छैन’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ‘अबको पाँच वर्षसम्म वामपन्थीबाहेकको सरकार असम्भव’ दाबी गरेका छन्। गृहजिल्ला गोरखाका पत्रकारसँग वामबाहेकको मिलिजुली सरकार ‘हल्ला मात्रै’ भएको स्पष्ट पारे। ‘वामपन्थी गठबन्धनबाहेक पाँच वर्ष नेपालमा अरू कसैको सरकार बन्दैन’, श्रेष्ठले भने। वामपन्थी एकताका लागि चुनावमा जनताले वाम गठबन्धनलाई म्यान्डेट दिएको भन्दै श्रेष्ठले जनादेशभन्दा बाहिर जाने कुरा कल्पना गर्न नसकिने दाबी गरे।

पार्टी एकताका लागि आइतबार बैठक बसेर थप अघि बढ्ने उनले जानकारी दिए। एमाले अध्यक्ष केपी ओली उपचारका लागि विदेश नजाँदै सुझाव लिएर सोहीअनुसार अघि बढ्ने उनले बताए। पार्टी एकताबारे अहिले वैचारिक, राजनीतिक लाइनका सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए। नेतृत्व निर्माण र संगठनात्मक एकीकरणको आधार के बनाउने भन्नेबारे पनि छलफल भइरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.