एकता संयोजन समिति बैठक स्थगित

एकता संयोजन समिति बैठक स्थगित

काठमाडौं : आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक बस्न ढिलाई भएको हो।

केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं आउँदैछन्।

उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र प्रचण्डको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने सम्भावना नकारेनन्।

'उहाँ आएपछि भेटघाट हुन पनि सक्छ तर टुंगो लागेको छैन', अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले पनि काठमाडौं आएपछि भेटबारे टुंगो लाग्ने जानकारी दिए। 

एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन्। त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू छन्।  

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

पढ्नुस् : किन लम्बियो एमाले माओवादी एकता प्रक्रिया?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.