लगातारको बन्दले डोटीको जनजीवन अस्तव्यस्त

लगातारको बन्दले डोटीको जनजीवन अस्तव्यस्त

डोटी : राजधानीको माग राख्दै गरिएको बन्दले डोटीको जनजीवन अस्तव्यस्त बन्दै गएको छ। लगातार छैटौं दिनदेखिको आमहड्ताले गर्दा जनजीवन प्रभावित बनेको हो। प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायलमा कायम गरिनुपर्ने माग राख्दै उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन गरिएको छ। बजार समेत पूर्णरुपमा बन्द गरिएको छ। आन्दोलन दिन प्रति दिन शसक्त बन्दै गएको छ।

डोटीमा क्रियाशील राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सम्पूर्ण निकायको सहभागीतामा दिनप्रतिदिन आन्दोलन चर्किदै गएको हो। लगातारको आन्दोलनले यातायात पूर्णरुपमा बन्द रहेका छन् भने डोटी हुँदै अछाम, बाजुरालगायतका जिल्लामा जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। डडेल्धुरा र डोटीको सिमानामा कैलालीबाट आएका सवारी साधन तथा यात्रुको चाँप समेत बढ्दै गएको छ।

चिसो मौसममा बन्दका कारण बीचबाटोमै अलपत्र परेका कारण यात्रुले सास्ती व्यहोर्नु परेको छ। यातायात चल्न नसक्दा दैनिक उपभोग्यका सामानहरु समेत भित्रिन सकेका छैनन्। लगातारको बन्दका कारण जिल्लाभरी तरकारी लगायत खाद्यान्नको अभाव सृजना हुन थालेको छ। खाद्यान्नको अभावका कारण दिपायल तथा सिलगढीमा संचालनमा रहेका होटलहरु समेत बन्द हुने अवस्थामा रहेका छन्। ‘लगातारको बन्दले गर्दा होटल पनि बन्द गर्नुपर्ने अवस्था आएको छ।’, होटल संचालक सिद्धराज जोशीले भने, ‘बजार खुल्दैन, साँझ बिहान खुलेपनि तरकारीदेखि अन्य खाद्यान्नका सामान पाइदैनन्।’ ‘होटलमा ग्राहकहरु आउँछन् तर फर्केर गइरहेका छन्’, उनले भने।

doti-aandolan

छिमेकी जिल्ला डडेल्धुरा तथा कैलाली हुँदै इन्डीयाबाट आउने तरकारी तथा अन्य उपभोग्यको सामग्रीहरु आउन सकिरहेको छैन। आन्दोलनका लागि गाउँ–गाउँबाट दिपायल तथा सिलगढीमा मान्छे आएपछि उपभोग्यको सामग्रीको माग बढेपनि आपूर्ति हुन नसक्दा अभाव सृजना हुन थालेको हो। यदि सरकारले डोटीको पक्षमा निर्णय नगरे अझै आन्दोलन लम्बिने संघर्ष समितिका संयोजक नरेन्दबहादुर खड्काले बताए। ‘आन्दोलन अझै शसक्त रुपमा लैजान्छौं।’, खड्काले भने, ‘बजार क्षेत्रमा खाद्यान्न अभाव भएपनि गाउँ–गाउँबाट खाद्यान्न ल्याएर पनि पूर्ति गराउने छौं।’ ‘हामी राजधानी कायम नहुन्जेलसम्म आन्दोलन गरिराख्ने छौं, थाक्ने छैनौं’ उनले भने, ‘सबै पहाडी जिल्ला ठप्प हुनेगरी आन्दोलन छेड्ने छौं।’

सडक बन्यो खेलमैदान
लगातारको बन्दका कारण डोटीका सडकहरु सुनसान रहेका छन्। बन्दका कारण सडकमा गाडीहरु नचल्दा बच्चाहरुले सडक खेलमैदानको रुपमा प्रयोग गरिरहेका छन्। शैक्षिक संस्थाहरु समेत बन्द भएका कारण अहिले बिद्यार्थी सबै सडकमा खेलिरहेका देखिन्छन्। खुल्ला सडक भएका कारण विद्यार्थी क्रिकेट, फुटबललगायतका खेल खेल्दै रमाइरहेका छन्।

‘स्कुलमा बिदा पनि भयो, सडकहरु खुल्ला पनि भए’, मोनिङ लाईट स्कुलमा कक्षा नौ मा अध्ययनरथ विद्यार्थी उत्सब कार्कीले भने, ‘स्कुल संचालन भयो भने यसरी खेल्न पाइदैन।, अहिले साथीहरुसँग रमाइलो पनि भइरहेको छ।’

doti-playing-game

 बन्दका कारण सडकमा क्रिकेट खेल्दै बिद्यार्थी।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.