कसरी हुँदैछ राष्ट्रिय सभाको निर्वाचन ? कसले गर्छ मतदान ?

कसरी हुँदैछ राष्ट्रिय सभाको निर्वाचन ? कसले गर्छ मतदान ?

सुरेन्द्र काफ्ले
काठमाडौं : सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ को लागि तोकेको छ । सरकारले निर्वाचन तोकेसँगै मतदाता र उम्मेदवारका विषयमा चर्चा चल्न थालेको छ । राष्ट्रिय सभाका मतदाता को हुन त ? कसले मतदान गर्छन् ? कति मतदाता छन् ? राष्ट्रिय सभाको निर्वाचन हालै सरकारले जारी गरेको अध्यादेशको आधारमा हुन गइरहेको छ ।

यी हुन् मतदाता

सातवटै प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसख्यक, कम्तिमा ३ महिलासहित ८ जनाको दरले ५६ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन् । १/१ दलित र महिला गरी १४ जनाको बहुमतीय प्रणालीबाट निर्वाचन हुनेछ भने ३ महिला र ३ खुलाको लागि गरी ४२ को निर्वाचन एकल संक्रमणीय प्रणालीको आधारमा गरिँदैछ । सरकारको सिफारिसमा कम्तिमा १ महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

सातवटै प्रदेशमा माघ २४ गतेको लागि तोकिएपछि राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तह प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुनेछन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

यति छन् सबै प्रदेशमा मतदाता

राष्ट्रिय सभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेश सभा सदस्य ५५० गरी २०५६ मतदाता हुनेछन् । प्रत्येक प्रदेशको मतसख्या र मतभार फरक फरक हुनेछ । प्रदेश १ का १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन् । प्रदेश १ मा स्थानीय तहको ४९३२ र प्रदेश सभाको ४४६४ गरी ९३९६ मतभार हुनेछ ।

प्रदेश २ मा १३६ स्थानीय तह छन् । जसमा स्थानिय तहबाट २७२ र प्रदेश सभाबाट १०७ गरी ३७९ मतदाता हुनेछन् । प्रदेश २ मा स्थानिय तहको मतभार ४८९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५१३६ रहेको छ । प्रदेश २ को कुल मतभार १००३२ हुनेछ । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ ।

११९ स्थानिय तह रहेको प्रदेश ३ मा ११० प्रदेश सभा सदस्य छन् । यो प्रदेशमा स्थानिय तहको २३८ र प्रदेश सभाको ११० गरी ३४८ मतदाता रहेका छन् । स्थानीय तहमा ४२८४ र प्रदेश सभा सदस्यमा ५२८० गरी ९५६४ मतभार रहेको छ ।

प्रदेश ४ मा ५ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७० र प्रदेश सभाको ६० गरी २३० मतदाता रहेका छन् । स्थानिय तहको ३०६० र प्रदेश सभातर्फ २८० गरी ५९४० मतभार रहेको छ ।

प्रदेश ५ मा १०९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहका २१८ र प्रदेश सभाका ८७ गरी ३०५ मतदाता रहेका छन् । जसमा स्थानीय तहको ३९२४ र प्रदेश सभाको ४१७६ गरी ८१०० मतभार हुनेछ ।

प्रदेश ६ मा स्थानीय तहको १५८ र प्रदेश सभा ४० गरी १९८ मतदाता रहेका छन् । प्रदेश ६ मा ७९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको २८४४ र प्रदेश सभाको १९२० गरी ४७६४ मतभार रहेको छ ।

प्रदेश ७ मा ८ वटा स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७६ र प्रदेश सभाका ५३ गरी २२९ मतदाता रहेका छन् । प्रदेश ७ मा स्थानीय तहको ३१६ र प्रदेश सभाको २५४४ गरी ५७१२ मतभार रहेको छ ।

स्थानीय तहमा १५०६ मतदाताको २७१०८ मतभार हुन्छ । प्रदेश सभाको ५५० मतदाताको २६४०० मतभार रहेको छ । राष्ट्रिय सभा निर्वाचनको कुल ५३५०८ मतभार हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.