यस्तो अवस्थामा मेसीले छाड्न सक्छन् बार्सिलोना
बार्सिलोना: विश्वचर्चित फुटबलर लियोनेल मेसीले यदि स्पेनबाट टुक्रिएर क्याटलान नयाँ देश बन्यो भने फुटबल क्लब बार्सिलोना छाड्ने बताएका छन् ।
क्याटलान प्रान्तको स्वतन्त्रताका कारण बार्सिलोना फुटबल क्लब युरोपको शीर्ष लिगमा नखेल्ने अवस्थामा आफू त्यहाँबाट बाहिरिने जानकारी उनले दिएका हु्न ।
स्पेनको म्याड्रिडबाट प्रकाशित पत्रिका इल मुन्डोमा छापिएको समाचार अनुसार मेसीले नोभेम्बरमा बार्सिलोनासँग गरेको सम्झौतामा पनि यो कुराको उल्लेख गरिएको छ। 'नोभेम्बरमा जुन अनुबन्धमा हस्ताक्षर भएको छ । त्यसमा प्रष्टसँग उनी बार्सिलोनासँग जबसम्म मात्रै रहनेछन् तबसम्म टिमले 'शीर्ष युरोपियन लिगमा भाग लिइरहनेछ ।'
बार्सिलोनासँग जोडिएको एक सूत्रको हवाला दिँदै लेखिएको समाचार अनुसार 'गोपनीयताका कारण क्लबले खेलाडीको अनुबन्ध शर्तबारे कुनै कुरा सार्वजनिक गर्दैन ।' क्याटालोनियाका बासिन्दाले गत १ अक्टोबरमा भएको जनमत संग्रहमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा मतदान गरेका थिए ।
स्पेनका नागरिक तथा फुटबल अधिकारीले पनि पटक पटक यदि क्याटलान प्रान्त स्पेनबाट अलग भएको अवस्थामा त्यहाँ रहेका कुनै पनि क्लबले स्पेनिस लिगमा खेल्न नपाउने बताइसकेका छन् ।
पत्रिकाका अनुसार यदि क्याटालोनिया स्पेनबाट अलग भएको अवस्थामा उसलाई कुनै अन्य शीर्ष लिग (फ्रान्स, इटाली, जर्मनी, इङग्ल्यान्ड) मा स्थान मिल्ने छैन । यदि त्यसो भएको अवस्थामा मेसीले फुटबल क्लब बार्सिलोना छाड्ने करिब पक्का जस्तै रहेको बताइएको छ ।
यस्तो अवस्थामा उनलाई टीमले ७०० मिलियन यूरो (८४२३ मिलियन डलर) को रकम पनि दिनुपर्ने छैन । पत्रिकाले ला लिगाबाट हटेपछि बार्सिलोनाका अन्य खेलाडीमा पनि मेसीको जस्तै असर पर्ने उल्लेख गरेको छ। त्यहीकारण उनको अनुबन्धमा क्याटालोनिया मामिला उल्लेख गरिँदैन किन कि अनुबन्धको सहमति अलग परिस्थितिमा गरिएको हुन्छ ।