सरकार र पार्टी एकता सँगसँगै : महरा

सरकार र पार्टी एकता सँगसँगै : महरा

तुलसीपुर : माओवादी केन्द्रका नेता तथा सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकता र नयाँ सरकार गठन सँगसगै हुने बताएका छन्। दाङको टरिगाउँ एरपोर्टमा हवाई सेवा सञ्चान भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले दुबै काम सँगसँगै हुने बताएका हुन्।

दुई पार्टीको एकीकरण कसैले चाहेर पनि रोक्न नसकने भन्दै नयाँ सरकार बन्दासम्म पार्टी पनि एक हुने उनको भनाइ छ। कानुनी जटिलताले सरकार बन्न केही ढिला भएको उनले प्रष्ट पारे।

‘अब वाम सरकार बढीमा तीन हप्ता भित्रमा निर्माण हुन्छ। त्यो संगै पार्टी एकताको तयारीमा छौँ’, महराले भने, ‘माओवादी एमालेको गठबन्धन र एकतालाई भाड्न ठूलै शक्तिको चलखेल देखिन्छ तर, त्यो शक्तिले केही गर्न सक्दैन।’

महराले ५ नम्बर प्रदेशको राजधानीले दाङ नै हुने जिकिर पनि गरे। ‘कसले कता भन्छ भन्दा पनि आवश्यकता र आधारलाई हेर्दा राजधानी दाङ नै हा’े, उनले भने दाङ राजधानी बनाउन कसैले रोक्न सक्दैन। हामी दाङलाई राजधानी बनाएर छोड्छौँ।’

उनले एरपोर्टमा नियमित रुपमा हवाई सेवा सञ्चालनको लागि सबै प्रयास भइरहेको र अब चाँडै दैनिक उडान हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.