सरकारी कार्यालयमा प्रदेश मन्त्रालयको बोर्ड

सरकारी कार्यालयमा प्रदेश मन्त्रालयको बोर्ड

धनकुटा : प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै आन्दोलनरत धनकुटाबासीले आइतबार प्रदेश मन्त्रालयका लागि सिफारिस भएका कार्यालयमा मन्त्रालयका बोर्ड राखेका छन्। प्रतिनिधिसभा सदस्य राजेन्द्र राईको नेतृत्वमा गएको जिल्लाबासीको टोलीले जिल्लाको ११ ओटा सरकारी कार्यालयमा प्रदेशसभाअन्तर्गतका विभिन्न मन्त्रालयका बोर्ड राखेका हुन्।

प्रदेशसभा बस्ने गरी सिफारिस भएको सामुदायिक भवनमा प्रदेशसभा भवनको बोर्ड राखिएको छ। २ सय ५० जना अट्ने क्षमता रहेको सो सामुदायिक भवनमा ३ वटा बैठक कोठा र पर्याप्त पार्किङस्थल रहेको छ। सामुदायिक भवनसँगै रहेको सहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा प्रदेश सभा सचिवालयको बोर्ड राखिएको छ।

त्यस्तै पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा प्रदेश मुख्य मन्त्रीको बोर्ड राखिएको छ। क्वाटर समेत रहेको सो भवन करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भएको हो। यसैगरी जिल्लाबासीको टोलीले प्रदेश प्रमुख (गभर्नर)को कार्यालयको लागि प्रस्ताव गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पनि बोर्ड राखिएको छ।

Sarkari-Office-1

प्रदेशस्तरको अर्थ मन्त्रालयको बोर्ड जिल्ला शिक्षा कार्यालय भवनमा राखिएको छ। गृह मन्त्रालयको बोर्ड सिंचाई डिभिजन कार्यालयको भवनमा, आन्तरिक मामिला तथा कानून मन्त्रालयको बोर्ड सहकारी डिभिजन कार्यालयमा, उद्योग मन्त्रालयको बोर्ड प्राविधिक कार्यालयको पुरानो भवनमा, पूर्वाधार विकास मन्त्रालयको बोर्ड प्राविधिक कार्यालयमा नयाँ भवनमा, कृषि, भुमी व्यवस्था तथा पशु विकास मन्त्रालयको बोर्ड मालपोत कार्यालयमा र स्वास्थ्य, शिक्षा तथा सामाजिक विकास मन्त्रालयको बोर्ड सरकारी वकिलको कार्यालयमा राखिएको छ। मन्त्रालयको लागि सिफारिस भएका यी सरकारी कार्यालयमा पार्किङस्थल र आवास सुविधा रहेको छ।

जिल्लामा रहेका ३ सय ९१ वटा सरकारी भवनमध्ये अहिले ११ वटा मात्रै प्रदेश मन्त्रालयको सिफारिस भएका छन्। अन्य भवनमा मन्त्रालयका विभाग, आवास र अन्य सरकारी निकायको कार्यालय राख्न सकिने प्रदेशसभा सांसद निरन राईले बताए।

आमहडतालको प्रभाव आंशिक
धनकुटामा जारी आमहडतालको प्रभाव आइतबार आंशिक परेको छ। राजधानी माग गर्दै पाँच दिन देखि आमहडताल जारी भएपनि आइतबार कोशी राजमार्गमा सवारी यात्रुबाहक, मालबाहक सवारी साधन चलेका थिए। सरकारले तत्काल राजधानी नतोक्ने भएपछि आमहड्ताल खुकुलो पारिएको बताइएको छ।

काठमाडौंमा पनि धनकुटाबासीको धर्ना
राजधानी माग्दै धनकुटाबासीले काठमाडौंमा पनि दबाबमुलक गतिविधि गर्दै आएको छ। धनकुटाबासीले आइतबार पनि प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिहान ८ः३० देखि १२ बजेसम्म नाराजुलुससहित धर्ना दिएका थिए। धर्ना कार्यक्रममा काठमाडौंमा बस्ने धनकुटाबासीको बाक्लो उपस्थिति रहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले टेलिफोनमार्फत जानकारी दिए। धर्ना कार्यक्रमा प्रदेससभा सांसद ईन्द्रमणी पराजुली, जुली श्रेष्ठ, पूर्व सांसद मनोहरनारायण श्रेष्ठलगायत नागरिक समाजका अगुवाहरु धर्नामा सहभागी भएका थिए। धर्ना कार्यक्रम सोमबार पनि जारी हुने सचिव राईले बताए।

Sarkari-Office


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.