प्रचण्ड र ओलीको बालकोट वार्ता : मंगलबार पार्टी एकता संयोजन समितिको बैठक

प्रचण्ड र ओलीको बालकोट वार्ता : मंगलबार पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ भएको भेटवार्ता सकिएको छ ।

ओली निवास बालकोटमा प्रचण्ड र ओलीबीच भएको भेटमा दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति भएको छ । बैठकले राजनीतिक, वैचारिक र संगठनात्मक समिती बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भेटपछि प्रचण्डले पत्रकारलाई जानकारी दिए ।

पार्टीका अध्यक्षबीच १४ पुस यता प्रत्यक्ष छलफल हुन सकेको थिएन। आइतबार साँझको छलफलमा सोमबार दुवै पार्टीका शीर्ष नेताको आन्तरिक छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको हो।

‘पार्टी एकता प्रक्रिया जुन प्रक्रियामा अगाडी बढेको छ, त्यसलाई जसरी हामीले अगाडी बढाउने भन्दै आएका थियौं, त्यही अनुसार अगाडी बढाउने निष्र्कष निकालेका छौं,’ बैठकपछि प्रचण्डले भने, ‘भोलि (सोमबार) दुवैले आ-आफनो पार्टीको तहमा छलफल गर्छौँ र पर्सी (मंगलबार) एकता संयोजन समिति बैठक बसेर प्रक्रियालाई थप अगाडि बढ्छौँ।’

दुई पार्टी अध्यक्षबीच झण्डै पौने दुई घण्टा छलफल भएको हो। एकता संयोजन समिति बैठकको एजेण्डा निर्धारणका लागि ओली–दाहालवीच छलफल भएको हो। एकता संयोजन समितिको दुवै अध्यक्षले संयोजन गदै आइरहेका छन्। नयाँ सरकार गठन अगाडि नै सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीति बनाएका एमाले–माओवादी अध्यक्षले पहिले छलफल गरि एजेण्डा तय गर्ने र त्यसपछि लगत्तै संयोजन समितिको बैठक वस्ने बताउदै आएका थिए।

दुई सातायता अस्वस्थ्य रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानुअघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको छ । भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको छ ।

ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन्।

आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक स्थगित भएको हो। केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं अाएका हुन्।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

पढ्नुस्किन लम्बियो एमाले माओवादी एकता प्रक्रिया?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.