आइशा र मीनलाई उपाधि

आइशा र मीनलाई उपाधि

काठमाडौ : राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ व्यक्तिगत ७० मिटरमा पुरुषमा मीन गौचन र महिलामा आइशा तामाङले उपाधि जितेका छन्। थसाङ स्पोर्ट्स क्लबका गौचनले स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई ७-३ अकले पराजित गर्दै स्वर्ण जिते। कास्की आर्चरी क्लबका तिलक पुनमगरले कास्यमा चित्त बुझाए।

त्रिभुवन आर्मी क्लबकी आइशाले दिदी ज्ञानु अवालेलाई ६-४ अकले पराजित गर्दै स्वर्ण जितिन्। कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षत्रीले कास्य जितिन्।च्याम्पियनसिपको कम्पाउन्ड ५० मिटर व्यक्तिगत प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेस्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई पाखा पराजित गर्दै स्वर्ण जिते। सनातनले एक सय ४० अक प्राप्त गर्दा प्रजितले एक सय १९ अक ल्याएका थिए। पुरुषकै ३० मिटर प्रतिस्पर्धामा स्वयम्भू आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण जिते। ६ अक बटुलेका उनले। नवीनवीर बस्नेतलाई पराजित गरे। आर्मीका डम्बर थापाले कास्यमा चित्त बुझाए।

महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आलेमगरले आर्मीकी मित्रा राईलाई ७-३ अकले पराजित गर्दै स्वर्ण पदक हात पारिन्।
३० मिटर टिम स्पर्धामा आर्मीले स्वर्ण जित्यो। आर्मीलाई स्वर्ण दिलाउन डम्बर थापा, नवीन गुरुङ र प्रेम विकले प्रतिस्पर्धा गरेका थिए। वेस्ट आर्चरीका नवीन बस्नेत, जोर्डनविक्रम थापा र गृष्मा गुरुङ रजत र अन्नपूर्णका करुण बराल, शकर थकाली र हिमकुमार रानामगरको टोलीले कास्य जित्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.