राष्ट्रिय बक्सिङ : दिदीबहिनी सेमिफाइनलमा
झापा : दिदी गीता थापामगर र बहिनी विमला थापामगर बिर्तामोडमा जारी २७औ पुरुष तथा आठौ महिला खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। राखेप च्याम्पियनसिपअन्तर्गत जारी प्रतियोगितामा गीता र विमला महिलाले ५१ केजी तौलसमूहको क्वार्टरफाइनल सफलता हात पारे।
त्रिभुवन आर्मी क्लबकी गीताले भक्तपुरकी अस्मिता दुवाललाई अकको आधारमा हराइन्। मध्यपश्चिमाञ्चलकी विमलाले पनि कैलालीकी हरिना अयरलाई अकका आधारमा पछि पारिन्। महिला ४६ देखि ४८ केजी तौलसमूहमा आर्मीकी ललिता महर्जन, पुलिसकी दिवाना शेर्पा, भक्तपुरकी शर्मिला लामा र एपीएफकी नङजा बुढामगर सेमिफाइनल प्रवेश गरेका छन्।
पुरुषतर्फ सफलता हात पार्दै ५६ केजी तौलसमूह एपीएफका पुरन राई, झापा दमकका सन्देश राई, बाँकेका नवीन घर्ती, कास्कीका दिनेश बानियाँ, भक्तपुरका प्रकाश कुमार विष्ट, दाङका प्रेम चौधरी र त्रिभुवन आर्मीका विमल रोक्का क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
यसैगरी ६० केजी तौलसमूहमा प्रकाश लिम्बू इजम, प्रकाश भट्टराई, अविशेख शाही ठकुरी, सजन गिरी, जेनिस राई, दिनेश श्रेष्ठ नेपाल पुलिस क्लब, योगेन्द्र बुद्ध मगर, एकबहादुर घले आर्मी र सविन गुरुङले क्वार्टरफाइनलमा स्थान बनाए। पुरुष ६९ केजी तौलसमूहमा सन्देश लिम्बू र विशाल श्रेष्ठ अघिल्लो चरणमा पुगे।