क्यानभासमा पोतिए लुम्बिनी र बुद्ध

क्यानभासमा पोतिए लुम्बिनी र बुद्ध

 

बुटवल : वनवाटिका बगैंचामा लुम्बिनीको चित्र क्यानभासमा उतारेपछि चित्रकार डीबी राई आफैं दंग परे। पहिलो पटक रूपन्देही आएका संखुवासभा गुम गाउँका राईले धेरै चित्र क्यानभासमा उतारे। ‘खै किन लुम्बिनीको तस्बिर आफैंलाई राम्रो लाग्यो’, उनले भने।

१७ वर्षदेखि चित्र कोर्दै आएका उनको जीविकोपार्जन चित्र बिक्रीबाट भन्दा पनि बोर्ड बनाउने पेन्टिङबाट चलेको छ। चित्रहरूको बजार त्यति तातिसकेको छैन। राईजस्तै धेरै चित्रकारको चिन्ता छ, ‘कला बुझ्ने धेरै भएनन्।’

अरनिको दिवसको अवसरमा शंकरनगर वनवाटिकामा मुलुकका ३५ कलाकारले विभिन्न आकृतिका चित्र कोरे। कलाकारको जमघटको व्यवस्था तिलोत्तमा नगरपालिकाको सहयोगमा नेपाल कर्मिसियल आर्टिस्ट संघ रूपन्देही र अरनिको स्मृति प्रतिष्ठान रूपन्देहीले मिलाएको थियो।

ललितकला कार्यशालामा जर्मनीका कलाकार पिटरले समेत सहभागिता जनाएका थिए। कलाकारले लुम्बिनी क्षेत्रका ऐतिहासिक क्षेत्रका चित्र क्यानभासमा उतारे। ललितकलामा स्नातकोत्तर गरेकी सुमित्रा राना पछिल्लो समय चित्रकलाप्रति दर्शकको केही आकर्षण बढेको बताउँछिन्। ‘पहिलाभन्दा निकै सुधार भएको छ। अहिले पेन्टिङ बेचेर बाच्न सकिन्छ’, उनले भनिन्। खुल्ला चौरमा बुद्धको जीवनसँग सम्बन्धित चित्र कोर्दै गरेकी उनले हरेक पेन्टिङबाट आफूले सन्देश बाँड्ने गरेको बताइन्।

लामो समयदेखि मूर्तिकारको परिचिय बनाएका यमबहादुर थापाले क्यानभासमा वनवाटिकाकै सहिद पार्कको चित्र उतारे। उनले भने, ‘मैलै आफूलाई मूर्तिमै ठीक मान्छु। अहिले क्यानभासमा चित्र बनाएँ, मन खुसी भयो।’

‘पेन्टिङ भनेको चित्र कोर्ने मात्रै होइन, यो त नयाँ सोच र खोजको संयोजन पनि हो’, क्रियटिभ पेन्टिङमा स्नातकोत्तर गरेकी भावना गोल्डीले भनिन्। बुवा मन गाल्डीको कलाबाट प्रभावित भएर अध्ययन गरेकी उनी यो क्षेत्रमा राम्रो भविष्य भएको बताउँछिन्।

अहिले एउटा पेन्टिङ पाँच हजारमा बिक्री हुने गरेको छ। बुटवलमा पनि पेन्टिङ किन्ने ग्राहक बढ्दै गएका छन्। विस्तारै आर्टको डिमान्ड हुन थालेको उनको भनाइ छ। ‘बाँच्न मात्रै होइन यो पेसाबाट बचाउन र रमाउन पनि सकिन्छ’, उनले भने।

समाजले कलाको महत्व बुझ्दै गए पनि सरकारले चित्रकार र मूर्तिकारजस्ता कलाकारलाई सम्मान गर्न नसकेमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गणेश जीसीको गुनासो छ। नेपालमा अरनिको जस्ता कति कलाकार थिए, तर नेपालका प्रशासकले ती कलाकारलाई चिनेकै छैनन्, कलाको देश भनेर चिनाएका कलाकारलाई मल्लकाल, लिच्छविकालदेखि नै चिनाइएन, त्यसको प्रभाव शासक वर्गमा अहिले पनि देखिएको छ’, उनले भने।

बुटवल, भैरहवा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची र पर्वतका राष्ट्रियस्तरका चित्रकारले लुम्बिनी अञ्चलका विभिन्न ऐतिहासिक क्षेत्र र पर्यटकीय दृश्य क्यानभासमा उतारे। कलाकारलाई उत्साह जगाउने काम गरेको नेपाल कमर्सियल आर्टिस्ट संघका अध्यक्ष एचबी रम्तेलले बताए। चित्र कोरेका कलाकारले प्रदर्शनी पनि गरेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.