चारदिने राष्ट्रिय कवड्डी प्रतियोगिता हुने

चारदिने राष्ट्रिय कवड्डी प्रतियोगिता हुने

बर्दिया : चारदिने राष्ट्रिय कवड्डी प्रतियोगिता बर्दिया हुने भएको छ। अखिल नेपाल कवड्डी संघको आयोजनामा पुष २४ देखि २७ सम्म बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरिगाउँमा पुरुष तथा महिला प्रतियोगित हुन लागेको हो।

बर्दियामा पहिलो पटक सुरु हुन लागेको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीप कप कवड्डी प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ८ समूह गरी १ सय ९२ जना खेलाडी सहभागी हुने अखिल नेपाल कवड्डी संघका अध्यक्ष तुलसी थापाले बताए। जसमा १६ जना प्रशिक्षक सहभागी हुनेछन्।

बर्दियामा आयोजित २२ औं पुरुष तथा १७ औं महिला कवड्डी प्रतियोगितामा ५ विकास क्षेत्रबाट ५ वटा टीम सहभागी हुने आयोजकले जनाएको छ। जसमा पुरुष तथा महिला दुवै खेल गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका खेलाडी रहनेछन्। आगामी अगष्टमा इन्डोनेसियामा हुने एसियन खेलका लागि खेलाडी छनोट गरिने बताइएको छ। संघले खेलका बारेमा पत्रकार सम्मेलमार्फत जानकारी गराएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.