कान्जिरोवा, राई, नमुना र काभ्रे बोर्डर अन्तिम आठमा

कान्जिरोवा, राई, नमुना र काभ्रे  बोर्डर अन्तिम आठमा

भक्तपुर : कान्जिरोवा, राई, नमुना र काभ्रे बोर्डर फुटबल क्लव भक्तपुरमा जारी सुटर्स कप प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । सुटर फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा सोमबार कान्जिरोवा, राई, नमुना र काभ्रे बोर्डरले जित निकाल्दै क्वार्टरफाइनलमा पुग्न सफल भएका हुन् ।

भक्तपुर नपा ७ स्थित माहेश्वरी खेलमैदानमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो खेलमा कान्जिरोवाले भक्तपुर नगरपालिका टीमलाई ३–१ गोलले पन्छाएको हो । भक्तपुर नपाले खेलमा पहिलो अग्रता लिएको थियो । बिजिल प्रजापतिले खेलको नवौं मिनेटमै गोल गरेर भक्तपुर नपालाई अग्रता दिलाएका थिए ।

खेलको २७ औं मिनेटमा हेमन्त शाहीले गोल गर्दै कान्जिरोवालाई बराबरीमा ल्याए । पहिलो हाफसम्म बराबरीमा सकिएको खेल दोस्रो हाफमा कान्जिरोवा हावी भएको थियो । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै उदय शाहीले गोल गर्दै कान्जिरोवाको अग्रता दोब्बर पारे । हेमन्तले खेलको ६२ औं मिनेटमा दोस्रो गोल गर्दै कान्जिरोवाको जीत सुनिश्चित पारे ।

त्यस्तै राई फुटबल क्लबले भक्तपुर खेलकुद विकास संस्थालाई २–० गोलले हराउँदै क्वार्टरफाइनलको यात्रा तय ग¥यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको आठौं र चौधौं मिनेटमा दुई गोल गर्दै राईको जीत पक्का गरे ।
नक आउटको आधारमा भइरहेको अर्को खेलमा नमुना स्पोर्टस् क्लबले आयोजक टीम सुटरलाई ३–१ गोलले पाखा लगायो । खेलमा नमुनाले पहिलो अग्रता लिएको थियो । उसको लागि खेलको ११ औं मिनेटमा धिरज श्रेष्ठले पहिलो गोल गरेका थिए । उनैले २६ औं मिनेटमा अर्को गोल थप्दै नमुनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफ सकिन ६ मिनेट बाँकी हुँदा टीम सुटरका असिम थापाले एक गोल फर्काउँदै नमुनाको अग्रता घटाए । तर दोस्रो हाफमा नमुनाको अघि टीम सुटरको जोर नचल्दा खेलको ५७ औं मिनेटमा पबिल मगरले नमुनाको लागि र्को गोल थपे ।

सोमबार भएको अन्तिम खेलमा काभ्रे बोर्डर आत्मघाती गोलमार्फत क्वार्टरफाइनलमा पुग्न सफल भयो । काभ्रे बोर्डरका खेलाडीले गोलपोस्टमा प्रहार गरेको बल मध्यपुर युथ एसोसियसनका निश्चल धमलाले क्लियर गर्न नसक्दा आफ्नै पोस्टभित्र बल छिराउन पुगेका हुन् । कडा प्रतिस्पर्धा भएको उक्त खेलमा दुवै टीमले राम्रा अवसरहरु गुमाएका थिए ।

२४ वटा फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । पुस २९ गतेसम्म हुने स्पर्धाका उपविजेताले भने २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने सुटर फुटसल क्लबका अध्यक्ष रमेश सुवालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.