कांग्रेसमा बढ्दै विवाद, पौडेल समूहको छुट्टै बैठक

कांग्रेसमा बढ्दै विवाद, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं : निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको नेताहरूले बताएका छन् । पौडेल पक्षकै सात युवा नेताले पनि सोमबारै कांग्रेसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीसँग छलफल गरेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा भएको छलफलमा नेताहरूले युवा समूहले अघि सारिरहेको विचारबारे छलफल गरेका थिए । पौडेलपक्षीय नेताहरू नवीन्द्रराज जोशी, दीपक गिरी, गुरुराज घिमिरे, गोविन्द भट्टराई, रामकृष्ण यादव, किरण यादव, सरिता प्रसाईंले बुद्धिजीवीहरू डा. जीवराज पोखरेल, डा. यज्ञ अधिकारी, अच्युत वाग्ले, श्रीकृष्ण अनिरुद्ध गौतम लगायतसँग छलफल गरेका हुन् ।

१४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको छ ।

पार्टीको विधानअनुसार नेतृत्व नचलेकाले दबाब दिन अभियान नै सुरु गर्न लागेको नेता जोशीले जानकारी दिए । ‘हामी सबै पक्षसँग लगातार छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘सोमबार बसेको बैठकमा चुनाव हारको पनि समीक्षा भएको छ । बैठकले कार्यसम्पादन र संसदीय समितिलगायत निर्णयमा समेत विधान मिचिएको निष्कर्ष निकालेको छ ।’

कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि २४ सदस्यीय संसदीय समिति बनाइएको छ । विधानमा बढीमा १४ सदस्यीय समिति हुने भने पनि २४ सदस्यीय संसदीय समिति निर्वाचनको टिकट बाँड्नु केही दिनअघि गठन गरिएको थियो ।

सोमबारको छलफलमा कतिपय नेताहरूले रामचन्द्र पौडेल र महामन्त्री कोइरालाकै आलोचनासमेत गरेका थिए । ‘बैठकमा पार्टी सभापति मात्र होइन, समूहकै शीर्ष नेताको पनि आलोचना भयो’, बैठकमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले गल्ती स्वीकार गर्नुभएको छ ।’

बैठकमा धेरै नेताले चुनावी हारमा नेतृत्वको दोष रहेको धारणा राखेका थिए । सोमबार बसेको गुटको बैठकमा नेता पौडेलले त्यसबारे बोलेका थिए । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिँदा पौडेलसहितका नेताहरूले सभापति शेरबहादुर देउवाले बोलाएको कार्यसम्पादन बैठक बहिष्कार गरेका थिए ।

पौडेलपक्षकै नेता प्रदीप पौडैलले पार्टीको बैठक बस्नुअघि यस्ता छलफल र गोष्ठीहरू बढाउँदै जाने योजना रहेको सुनाए । ‘यस्ता छलफलबाट आएको कुरा पार्टीको बैठकमा राख्ने योजनामा छौं’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.