डा. केसी पक्राउविरूद्ध बाबुराम र गगन सडकमा

डा. केसी पक्राउविरूद्ध बाबुराम र गगन सडकमा

काठमाडौं : डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सडकमा उत्रिने भएका छन् । मंगलबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले बिहान ८ बजे डा. केसीको अभियानप्रति ऐक्यवद्धता जनाउन माइतीघरमा जाने जानकारी दिएका छन् । 

भट्टराईले डा. केसीप्रति ऐक्यवद्धता जनाउने सबैलाई माइतीघरमा उपस्थित हुन आग्रहसमेत गरेका छन् । सोमबार केसी पक्राउ पर्ने वित्तिकै पनि भट्टराईले मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ पर्दा दुःखी भएको भन्दै डा. केसीको अभियानको पक्षमा रहेको भन्दै ट्वीट गरेका थिए ।

साथै पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले सोमबार राति नै ट्वीटर मार्फत डा. गोविन्द केसीको समर्थनमा आफू मंगलबार बिहान ८ बजे माइतीघरमा उपस्थित हुने जानकारी गराएका छन् । साथै उनले डा. केसीका अन्य समर्थकहरु पनि उपस्थित हुने विश्वास रहेको भनेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.