राष्ट्रिय बक्सिङमा आर्मीको वर्चस्व

राष्ट्रिय बक्सिङमा आर्मीको वर्चस्व

दमक : राखेप च्याम्पियनसिपअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ । आर्मीका खेलाडी अपराजित रहँदै १८ वटै तौलसमूहमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो दिन सोमबार आर्मीका विष्णु घले र दीपक श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन् । घलेले वेल्टर वेट ६९ केजीको क्वार्टरफाइनलमा सन्देश लिम्बूलाई हराए । दीपकले पुरुष ६४ केजीको क्वार्टरफाइनलमा कास्कीका सविन गुरुङलाई हराए।

लाइट फ्लाई वेट ४९ केजीमा एपीएफका लक्ष्मण तामाङ, सुनसरीका सुलभराज तण्डुकार, नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा र टीएसीका तेजबहादुर देउवा सेमिफाइनलमा पुगे । पुरुष फ्लाई वेट ५२ केजीमा आर्मीका प्रेम चौधरी, बक्सिङ ट्रेनिङ फिटनेसका मिनम्यारग्याल्जेन शेर्पा, सुर्खेतका विकास मानन्धर र एफीएफका विक्रम परियार सेमिफाइनलमा पुगे ।

पुरुष वेन्टम वेट ५६ केजीमा एपीएफका पुरन राई, कास्कीका दिनेश बानियाँ, भक्तपुरका प्रकाशकुमार विष्ट र आर्मीका विमल रोका सेमिफाइनलमा प्रवेश गरे । पुरुष ६० केजीमा झापाका प्रकाश लिम्बू इजम, फिटनेस सेन्टरका अभिषेक शाही ठकुरी, पुलिसका दिनेश श्रेष्ठ र आर्मीका एकबहादुर घलेले सेमिफाइनलमा स्थान बनाए ।

वेल्टर वेट ६४ केजीमा बाँकेका यमराज चौलागाईं, झापाका अभियान राई र पुलिसका भूपेन्द्र थापा तथा वेल्टर वेट ६९ केजीमा दमकका प्रेम गुरुङ, बानुज फिटनेसका अनिशलाल श्रेष्ठ, एपीएफका विकास लामा सेमिफाइनलमा पुगे । पुरुष मिडल वेट ७५ केजीमा नेपाल पुलिसका कमल थापा, सुनसरीका आयुष पौडेल र एपीएफका कैलाशजंग थापा सेमिफाइनलमा प्रवेश गरे ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.