मध्यपश्चिमाञ्चल सेमिफाइनलमा

मध्यपश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं : राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मध्यपश्चिमाञ्चलको टोली सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘बी’ को लिग खेलमा मध्यपश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई ४५-३२ अंकले पराजित गर्‍यो।

जितसँगै मध्यपश्चिमाञ्चल समूह विजेता बन्यो । मध्यपश्चिमाञ्चलको जितमा शान्ति श्रेष्ठ एक्लैले २७ अंकको योगदान गरिन् । उक्त समूहमा दुईवटा टोली मात्र रहेकाले पराजयका बाबजुद आर्मी क्लब पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । यसैगरी महिलातर्फकै अर्को खेलमा साबिक विजेता मध्यमाञ्चलले पूर्वाञ्चललाई ६३-८ अंकको फराकिलोअन्तरले पाखा लगायो । मध्यमाञ्चलको जितमा स्नेहा श्रेष्ठले १६ अंकको योगदान गरिन् ।

पुरुषतर्फ भने दुई विभागीय टोली आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरे । साबिक विजेता आर्मी क्लबले पूर्वाञ्चललाई ९३-७२ अंकले पन्छायो । आर्मी क्लबका सदीश प्रधान र रविन खत्रीले समान २१÷२१ अंकको योगदान गरे । पुलिस क्लबले मध्यपश्चिमाञ्चलमाथि ९३-५४ अंकको जित दर्ता गर्‍यो । पुलिस क्लबको जितमा विकास गुरुङ एक्लैले २७ अंकको योगदान गरे । प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्षसमेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.