आन्दोलनको स्वरुप फेरिएपछि डोटी बन्द फिर्ता

आन्दोलनको स्वरुप फेरिएपछि डोटी बन्द फिर्ता

डोटी : प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल माग राख्दै गरिएको आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरिएको छ। आन्दोलनको स्वरुप परिवर्तन गरेसFगै एक हप्तादेखिको जिल्ला बन्द आजदेखि खुलेको छ। सोमबार रातिसम्म बसेको संघर्ष समितिको बैठकले आन्दोलनअन्तर्गत गरिएका यातायात बन्द तथा आमहड्तालका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

पुस १२ गतेदेखि लगातार आन्दोलनका कार्यक्रम गरिएका भएपनि १८ गतेदेखि यातायात बन्द तथा आमहड्तालका कार्यक्रम गरिएको थियो।समितिको बैठकबाट प्रेस विज्ञप्ती जारी गर्दै राजधानी मागको आन्दोलन जारी रहेको र आन्दोलनको स्वरुप मात्र परिवर्तन गरेको बताइएको छ। बन्द गरिएको यातायात, कलकारखाना, बजार, कार्यालय, स्कुललगायत सम्पूर्ण तत्काललाई खोलिएको जानइएको छ।

आन्दोलनस्वरुप आजबाट धर्ना, अनसन, रिले अनसनलगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ। आगामी दिनमा समेत पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्बजनिक गरिने बताइएको छ। आज दिउँसो १२ बजेदेखि दुई बजेसम्म क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

जिल्ला बन्दका कार्यक्रम तत्काललाई स्थगित गरिएका भएपनि राजधानी मागको आन्दोलन भने नरोकिने खड्काले बताए। सरकारलेनै कुनै किसिमको निर्णय गर्न नसकेको अवस्थामा तत्काललाई बन्दका कार्यक्रमहरु लम्ब्याइ राख्नुपर्ने जरुरी नदेखिएकाले आन्दोलनको स्वरुव परिवर्तन गर्नु परेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.