पार्टी एकता नभए पनि पाँच वर्ष वाम सरकारः शेरधन

पार्टी एकता नभए पनि पाँच वर्ष वाम सरकारः शेरधन

भक्तपुरः नेकपा एमालेको युवा नेता तथा पूर्वमन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको पछिल्लो गतिविधिलाई नियाल्दा देशी विदेशी शक्तिको तुरुपको र संविधानवपरित काम गरिरहेको आरोप पनि लगाएका छन् ।

राईले देउवा सरकाले जनादेश र संविधानविपरित आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए ।

वाम गठबन्धन टुटाउन देशी–विदेशी शक्ति लागिपरेको बताउँदै उनले भने, ‘जनताले पार्टी एकीकरण गर्न नसके पनि न्यूनतम् पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अब एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको विकल्प नभएको भन्दै उहाँले नयाँ पुस्ता सक्ष्म भएता पनि वाम गठबन्धनका केही व्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्री भने पनि समयसापेक्ष नरहेकोे बताए ।

प्रदेश सरकारका लागि सबैभन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै उनले समस्या देखिए पनि समाधान गर्न स्रोत साधनको उपयोग गरिने उल्लेख गरे । केही समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.